Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ कार्तिक १ सोमबार ११:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षातले धान नष्ट, किसान मारमा 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ कार्तिक १ सोमबार ११:१०:००

धान भित्र्याउने समयमा वर्षा भएसँगै खेतमा काटेकाे धान भिजेर नष्ट भएको छ । आइतबारदेखि अविरल रूपमा परिरहेको वर्षातका कारण कञ्चनपुरमा धान भिजेर नष्ट भएको हो । 

खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् । खेती भित्र्याउने वेला वर्षा भएपछि धानखेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई बढी मार परेको छ  भने अन्य किसानसमेत मर्कामा परेका छन् ।

वर्षातका कारण कञ्चनपुरका सयौँ किसानको हजारौँ बिघा जमिनको धानखेती भिजेको छ । धानसँगै केरालगायतका अन्य अन्नबालीसमेत नष्ट गरेपछि किसान थप चिन्तित भएका छन् । 

लालझाडी गाउँपालिका– ३ नन्दगाउँका स्थानीय बहाली रानाको खेतमै काटेको अढाई बिगाह धान जमिनमा भिजेर नष्ट भएको छ । गत वर्ष पनि उनको खेतमा दोदा नदीको बाढीले धानखेती नष्ट भएको थियो । यस वर्ष वर्षातले धान खेती नष्ट भएको उनले बताए । ‘गत वर्ष दोदा नदीमा बाढी आएर पुरै धान कुहियो,’ उनले भने, ‘यस वर्ष पनि अहिले वर्षा भएपछि धान कुहिने भयो ।’ बिगौँ जमिनमा धानखेती नष्ट भएपछि राना मारमा परेका छन् । 

भीमदत्त नगरपालिका– १६ मझगाउँका स्थानीय किसान रामचन्द्र धानुकको समेत वर्षातले डेढ बिघा जमिनको धानखेती नष्ट भएको छ ।