मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ३१ आइतबार
  • Friday, 14 August, 2026
२o७८ असोज ३१ आइतबार २१:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टुनामुना गरी पत्नीको गर्भ तुहाएको भन्दै भाउजूको हत्या गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३१ आइतबार २१:१२:oo

महोत्तरीको महोत्तरी गाउँपालिका– ३ मडैमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज पत्रकार सम्मेलनमा जानकारी दिए।

भाउजू ४२ वर्षीया शिलादेवी झाले आफ्नी पत्नी रिङ्कुदेवी झालाई डेढ महिनाअघि टुनामुना गरेर केरा खान दिएको र केरा खाएपछि गर्भ तुहिएको भन्दै गत बिहीबार सुतिरहेको अवस्थामा हथौडा प्रहार गरी शीलादेवीको हत्या गरेको प्रहरीले जनाएको छ। 

हत्या गरी साइकलमा जनकपुर भागेका युवकलाई जिप्रका महोत्तरीले पक्राउ गरी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।