मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ३१ आइतबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ३१ आइतबार १३:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकसेवालाई गालीगलौज गर्ने एक आवेदक कालो सूचीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ३१ आइतबार १३:१५:oo

प्रदेश–२ को लोकसेवा आयोगले  आयोगलाई गालीगलौज गर्ने आवेदकलाई कालो सूचीमा राखेको छ। आयोगका अनुसार महोत्तरी बथनाहाका प्रनितकुमार झालाई एक वर्षका लागि कालो सूचीमा राखिएको हो।

आयोगका अनुसार झाले इमेलमार्फत सोधपुछ गर्ने क्रममा गाली गलौजयुक्त शब्द प्रयोग गरेका थिए । असोज ६ मा बसेको आयोगको बैठकले झालाई एक वर्षका लागि कालो सूचीमा राख्ने निर्णय गरेको आयोगले जनाएको छ। यस अवधिमा झा आयोगका कुनै पनि परीक्षामा सहभागी हुन पाउने छैनन्।