Skip This
रुसमा कोरोनाबाट एकै दिन एक हजारभन्दा बढीको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ३० शनिबार
  • Tuesday, 11 August, 2026
एजेन्सी मस्को
२o७८ असोज ३० शनिबार १६:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसमा कोरोनाबाट एकै दिन एक हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी मस्को
नयाँ पत्रिका मस्को
२o७८ असोज ३० शनिबार १६:३३:oo

रुसमा कोरोना भाइरस महामारीको सुरुवातपछि पहिलोपटक एकैदिनमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा यहाँ कोरोना भाइरसबाट एक हजार दुईजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युरोपका देशहरूमध्ये रुस कोरोनाको मृत्युदर सबैभन्दा धेरै भएको देश हो । यहाँ हालसम्म कोभिड–१९ बाट दुई लाख २२ हजार बढीले ज्यान गुमाइसकेका छन् । शनिबार मात्र यहाँ ३३ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको बिबिसीले जनाएको छ ।

कोरोना संक्रमण वृद्धि भइरहे पनि सरकारले अर्थतन्त्र चलायमान बनाउन भन्दै प्रतिबन्धका कडा नियमहरू लागू गरेको छैन। रुसको स्वास्थ्य प्रणाली धराशयी नभएको सरकारी अधिकारीहरूको दाबी छ। पछिल्ला हप्ताहरूमा यहाँ कोरोना संक्रमणको दर वृद्धि भइरहेको तथ्यांकले देखाएको छ।