मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २८ बिहीबार १७:५७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप ४५५ जनामा संक्रमण, ८०४ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार १७:५७:oo

पछिल्लो २४ घण्टामा देशभर ४५५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। सोही समयमा ८०४ संक्रमित निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ मा झरेको छ।

मन्त्रालयले यो अवधिमा पिसिआर विधिबाट तीन हजार ४१४ र एन्टिजेन विधिबाट दुई हजार ७९६ गरी कुल छ हजार २१४ जनाको स्वाब परीक्षण गरेको थियो । त्यसमध्ये ३९८ पिसिआर तथा ५७ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमित देखिएका हुन्।

सो अवधिमा आठ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बिहीबार देशभर चार हजार ७८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।