१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Friday, 09 May, 2025
एजेन्सी साना
२o७८ असोज २८ बिहीबार १४:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए

Read Time : < 1 मिनेट
एजेन्सी साना
२o७८ असोज २८ बिहीबार १४:२५:oo

यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीविरुद्ध गरेको कारबाहीमा परी नौ विद्रोहीको ज्यान गएको छ । सेनाले बुधबार गरेको कारबाहीमा परी नौ हुथी विद्रोही मारिएकाे साउदी अरेबियाको सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

केही दिनयता यहाँ सो सेनाले निरन्तर कारबाही गरिरहेको बताइएको छ। सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरूका विरुद्धमा कारबाही गर्ने गरेको थियो । मारिबमा हुथी विद्रोहीहरूको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको छ ।

गत हप्ता पनि साउदी नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा ४० भन्दा बढी हुथी विद्रोही मारिएका थिए। मारिब प्रान्तमा पछिल्लो समयमा हुथी विद्रोहीले अखडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा निगरानी गरिरहेको छ ।