१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २७ बुधबार १७:२६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर ३६५ संक्रमित थपिँदा ६०९ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २७ बुधबार १७:२६:००

पछिल्लो २४ घण्टामा देशभर ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच हजार ५९४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पिसिआर विधिबाट तीन हजार ६७१ र एन्टिजेन विधिबाट एक हजार ९२३ जनाको परीक्षण गरेको थियो। त्यसमध्ये पिसिआर विधिबाट गरिएको परीक्षणमा ३२६ र एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पाइएको हो ।

यस अवधिमा चार संक्रमितले ज्यान गुमाएका छन् भने ६०९ संक्रमित निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार २६७ पुगेको छ । मन्त्रालयका अनुसार बुधबार दुई हजार २७५ जनाले खोप लगाएका छन्। अघिल्ला दिनहरूको तुलनामा आज कोरोना परीक्षण र खोप लगाउनेको संख्यामा निकै कमी आएको छ।

मंगलबार ६९ हजार ८२४ जनाले कोभिड– १९ को खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।