१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २६ मंगलबार १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही घटनाको दोषीलाई कानुनी कारबाही गर्न आयोगको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार १६:५६:oo

राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ। रुपन्देहीस्थित प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको निष्पक्ष छानबिन गर्न आयोगले सरकारसँग माग गरेको हो।

‘व्यक्तिको ज्यानै जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले भने, ‘घाइतेहरूको निःशुल्क उपचार गराउन तथा वास्तविक घरबारविहीनहरूको पहिचान गरी यथोचित स्थानमा बसोवासको व्यवस्था मिलाउनुपर्छ ।’
     
आयोगले उक्त घटनाबाट उत्पन्न परिस्थितिबाट मानव अधिकारको प्रत्याभूति र शान्ति सुरक्षाको बहालीमा थप चुनौती हुन नदिनका लागि संयममता अपनाई विवादको समाधान वार्ताको माध्यमबाट गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरेको छ।

औद्योगिक क्षेत्रको जग्गामा अस्थायी टहरा बनाई बसेका व्यक्तिहरूलाई हटाउने क्रममा भएको झडपमा सुरक्षाकर्मीको गोली लागी चार प्रदर्शनकारीको मृत्यु भएको थियो भने सुरक्षाकर्मी र प्रदर्शनकारी दुवै गरी ६०  जना घाइते भएका थिए।