राजसंस्थाविना प्रजातन्त्र टिक्दैन : ज्ञानेन्द्र शाह (भिडियोसहित)

मंगलबार, २६ असोज, २०७८
डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताएका छन्। दसैँको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्।

देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै उनले प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताए। उनले राजतन्त्र अन्त्यपछि पहिलोपटक राजसंस्थाको पक्षमा स्पष्ट सन्देश दिएका हुन्। जुनसुकै विचारमा आबद्ध भए पनि राजसंस्थाका विषयमा सबै पक्ष एक ठाउँमा आउने पूर्वराजा शाहको विश्वास छ।

सुझावित समाचार