मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
२०७८ असोज २६ मंगलबार ०७:२४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटकको रोजाइमा घलेगाउँको पर्यटन संग्रहालय

Read Time : > 1 मिनेट
२०७८ असोज २६ मंगलबार ०७:२४:००

स्मार्ट भिलेज घलेगाउँमा दिनहुँ सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । घलेगाउँमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ, त्यहाँको पर्यटन संग्रहालय । 

त्यहाँ पुग्ने पर्यटकहरू पर्यटन संग्रहालय अवलोकन गर्न ‘लालायित’ हुन्छन् । घलेगाउँ आउने पर्यटकको पहिलो रोजाइ नै पर्यटन संग्रहालय बनेको पर्यटन व्यवस्थापन, ग्रामीण पर्यटन घलेगाउँका सचिव उमल विक बताउँछन् । उनी भन्छन्, ‘गाउँसम्म आउने सबै पर्यटकको मुख्य रोजाइ नै पर्यटन संग्रहालय बन्न पुगेको छ ।’ उनका अनुसार संग्रहालयमा पुगेर फोटो खिच्ने र खिचाउनेको भिड नै लाग्ने गर्छ । 

्स्थानीय संस्कार र संस्कृतिलाई जोडेर निर्माण गरिएका संग्रहालय पर्यटन प्रवद्र्धनका लागि थप कोसेढुंगा बनेका हुन् । गाउँको स्थानीय संस्कार र संस्कृतिलाई समावेश गर्दै निर्माण गरिएको गुरुङ संग्रहालयले पर्यटन प्रवद्र्धनका लागि थप टेवा पुर्‍याएको छ । थप अध्ययन अवलोकनका लागि सो संग्रहालयमा पर्यटकहरू लोभिने गरेका छन् । उक्त संग्रहालयमा गुरुङ समुदायको पहिचान, संस्कार, संस्कृतिका विभिन्न सामग्रीहरू, वेशभूषा हेर्नुका साथै गुरुङ भाषाबारे अध्ययन गर्न सकिन्छ । त्यति मात्रै होइन, स्थानीय कला–संस्कृतिका साथसाथै जन्मेदेखि मृत्युसम्म प्रयोग हुने सामग्रीसमेत सो संग्रहालयमा राखिएको छ ।

यसरी राखिएका सामग्रीहरूको अध्ययन–अनुसन्धानमा इच्छा तथा रुचि भएका पर्यटकहरूका लागि गुरुङ संग्रहालय एउटा नमुना पुस्तकालयजस्तै भएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष तथा क्वहोलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताए । पछिल्लो समय जातीय पहिचान, धर्म–संस्कृति नै लोप हुने अवस्थामा पुगेकाले संग्रहालयले समेत सो संरक्षण गर्न केही सहयोग गर्ने उनको भनाइ छ ।  

संग्रहालयमा लोपोन्मुख गुरुङ संस्कृति र सामग्री

संग्रहालयमा लोपोन्मुख ढिकी–जाँतोलगायतका सामग्रीहरू सजाएर राखिएको छ । तमू वेशभूषा, लत्ताकपडा, हस्तकलाका सामग्री, बाँसको चोयाबाट निर्मित वस्तुहरू, ऊनबाट निर्मित राडीपाखीलगायतका सामग्री राखिएको घलेगाउँ सञ्चालन समितिका अध्यक्ष गंगा घलेले बताए । गुरुङ समुदायको पुरानो इतिहास, संस्कृति, वेशभूषालगायत विभिन्न कुराको बारेमा थाहा पाउन सजिलो भएको आन्तरिक पर्यटक जीवन भण्डारी बताउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), साबिक उत्तरकन्या गाविस, तत्कालीन जिविस र स्थानीयको सक्रियतामा झन्डै १२ लाखभन्दा बढीको लागतमा घलेगाउँमा पर्यटन संग्रहालय बनाइएको हो । क्वहोलासोँथार गाउँपालिका–३, घलेगाउँमा रहेको यस संग्रहालयको ०७३ साल माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । 

बिदाको दिन पर्यटकको घुइँचो   

संग्रहालयमा सार्वजनिक बिदाको दिन पर्यटकको घुइँचो लाग्ने गरेको पर्यटन व्यवस्थापन, ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घले बताउँछन् । उनका अनुसार संग्रहालय अवलोकनका लागि नेपाली पर्यटकले २५ रुपैयाँ र विदेशी पर्यटकले ५० रुपैयाँ तिर्नुपर्छ । घलेका अनुसार ‘संकलित रकम संग्रहालयकै व्यवस्थापनमा खर्च हुँदै आएको छ । घलेगाउँमा आएर पर्यटन संग्रहालयको अवलोकन गर्न पाउँदा खुसी महसुस भएको आन्तरिक पर्यटक राजकुमार श्रेष्ठको भनाइ छ । संग्रहालयमा आएर पुराना महत्वपूर्ण चिजहरू हेर्न पाउँदा खुसी लाग्ने तथा संग्रहालय अध्ययन–अनुसन्धान गर्नेहरूका लागि पनि महŒवपूर्ण हुन सक्ने उनको भनाइ छ । एक सय २५ घरधुरी रहेको घलेगाउँमा अहिले ३७ घरमा होमस्टे सञ्चालित छन् ।

समुद्री सतहदेखि करिब दुई हजार एक सय मिटर उचाइको घलेगाउँमा ०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित होमस्टे सञ्चालनमा ल्याइएको थियो । न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । घलेगाउँमा नमुना चियाबगान, प्रांगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृश्यावलोकन, सुधारिएको होमस्टे रहेको छ । हिमशृंखलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्धलगायतका हिमशृंखलाको मनोरम दृश्यले पर्यटकलाई आनन्दित बनाउँछ । लमजुङको सदरमुकाम बेँसीसहरबाट मोटरमा दुई घन्टामा घलेगाउँ पुग्न सकिन्छ ।