१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २५ सोमबार १८:३९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

७८५ संक्रमित थपिँदा ८८८ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार १८:३९:oo

पछिल्लो २४ घण्टामा देशभर ७८५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ हजार १९५ नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । सात हजार २३३ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा ६६३ जनामा र चार हजार ९६२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप १२ जनाले ज्यान गुमाएका छन् भने ८८८ जना संक्रमण मुक्त भएका छन् । योसँगै अब नेपालमा १४ हजार ७८७ सक्रिय संक्रमित छन् । आज देशभर एक लाख २७ हजार ५३२ जनाले कोरोना भइरसविरुद्धको खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।