१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २५ सोमबार १७:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले सांसद भट्टराई भन्छन्– सरकारले सुकुम्बासीमाथि दमन गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २५ सोमबार १७:२३:००

नेकपा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकारले सुकुम्बासीमाथि दमन गरेको टिप्पणी गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा भट्टराईले दसैँको मुखमा नागरिकको हत्या हुनु दुःखद भएको बताउँदै तत्काल पीडितलाई क्षतिपूर्ति र न्याय दिन माग गरे ।

‘रुपन्देहीमा दसैँको मुखमा आएर भएको घटना दुःखदायी छ । सुकुम्बासी र भूमिहीनको व्यवस्थापन नगरी दसैँको मुखमा गोली प्रहार भएको छ । यो दसैँलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गर्नुभएको छ। दसैँको मुखमा चारजनाको हत्या हुनु दुःखद छ। १८ जना घाइतेको उपचार र मृतक परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्छ, घटनाको म भर्त्सना गर्दछु,’ भट्टराईले भने ।

वर्तमान गठबन्धनमा सहभागी दलहरूले अघिल्लो सरकारविरुद्ध गैरराजनीतिक र कुर्सी मोहका कारण मुद्दा दायर गरेको उनको आरोप छ । उनले प्रधानमन्त्री शेरबहाुदर देउवा बुढानीलकण्ठबाट बालुवाटार सुत्न मात्र आएको भन्दै सरकारले कुनै काम नगरेको बताए ।