मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडैं
२०७८ असोज २४ आइतबार १६:४३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नाफा बुक गर्ने होडले सेयर बजारमा गिरावट, नेप्से दोहोरो अंकले घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडैं
२०७८ असोज २४ आइतबार १६:४३:००

सेयर बजारमा पुनः करेक्सन आएको छ। लगानीकर्ताको नाफा बुक गर्ने होडले बजारमा करेक्सन हुन पुगेको हो। अघिल्लो हप्ता सेयर बजारमा केही सुधार आएपछि लगानीकर्ताहरू नाफा बुक गर्नतर्फ लागिपरेका हुन्।

आइतबार नेप्से परिसूचक १८.५३ अंकले घटेर दुई हजार ६ सय ६२.५८ बिन्दुमा पुगेको हो। नेप्से घटेसँगै कारोबार रकममा पनि सुधार आउन सकेको छैन। अघिल्लो हप्ताको तुलनामा बजार केही सकारात्मक बने पनि लगानीकर्ताहरूले सेयर खरिद बिक्रीमा चासो देखाउन सकेका छैनन्। अर्कोतर्फ  नजिकिँदै गरेका पर्वहरूले पनि बजारमा तुलनात्मक रूपमा सु्धार आउन नसकेको लगानीकर्ताहरूको बुझाइ छ।

यस दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४.९६ अंकले घटेर ५ सयको बिन्दुमा पुगेर थामिएको छ। धितोपत्र  र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २० कम्पनीका ७२ लाख ५१ हजार कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ४९ करोड रुपैयाँबराबरको कारोबार भएको छ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा महिला लघुवित्त वित्तीय संस्था रहेको छ। संस्थाको १८ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ  भने दोस्रो कारोबार हुने कम्पनीमा जीवन विकास लघुवित्त रहेको छ। कम्पनीको १८ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यसैगरी नेपाल बंगलादेश बैंकको १५ करोड रुपैयाँको कारोबार भएको छ। हिमालयन डिस्टिलरी, नबिल बैंक, महालक्ष्मी  विकास बैंक, नेपाल बैंक, छिमेकी लघुवित्त, शिवम् सिमेन्टको १० करोड देखि ९४ लाखसम्मको सेयर खरिद बिक्री भएको छ।

यस दिन शिवम् सिमेन्ट, माउन्टेन हाइड्रो, रिद्धि हाइड्रो, आशा लघुवित्त, सिटिजन्स लघुवित्त, सिटिजन्स बैंक, मिर्मिरे माइक्रो फाइनान्स, सिइडिबी हाइड्रोपावर, सामुदायिक लघुवित्त, स्वावलम्बन लघुवित्तको सेयर ६ देखि ४ प्रतिशतसम्मले घटेको छ। सोदिन मैलुङ खोला जलविद्युत् कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ।  महिला लघुवित्त वित्तिय संस्था, सपोर्ट फाइनान्स, महालक्ष्मी विकास बैंकको सेयर ७ प्रतिशतले बढेको छ।