उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले आइतबार राजीनामा दिने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि हमालले राजीनामा दिन लागेका हुन्।
आफूले आजै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने उनले बताएका छन्। ‘मैले आफ्नो स्वविवेक प्रयोग गरेँ। धेरै सोचेँ, त्यत्तिकै किन विवादमा परुँ भनेर। नेताहरूले राजीनामा दिनुपर्दैन भनिरहनुभएको छ। तर, म आजै प्रधानमन्त्रीसमक्ष राजीनामा दिँदै छु,’ उनले भने।