जब आर्थिक अवसरहरू कम हुन्छन्, तब छिटै धनी हुने योजना बिकाउन सजिलो हुन्छ । त्यसैले अहिले धेरै कम्पनी बिटकोइनसम्बन्धी लगानीको स्किम बेचिरहेका छन् ।
बिटकोइनको मूल्यले निरन्तर नयाँ उचाइ हासिल गरिरहेको छ । केही मुलुक त्यसमा पनि विशेषतः अल सल्भाडोर र क्युबाले यसलाई कानुनी टेन्डरको रूपमा स्विकार्ने निर्णय गरेसँगै क्रिप्टोकरेन्सीको स्वीकार्यता थप बढेको छ । क्रिप्टोकरेन्सी थप लामो समय हामीमाझ रहने देखिन्छ । यसले मुद्रा र राजनीतिमा कस्तो प्रभाव पार्नेछ ? मुद्रा आमविश्वासमा टिकेको हुन्छ । कुनै सामान वा सेवाबापत मानिसले यसकारण मुद्रा स्विकार्छन् कि भविष्यमा अरूले त्यसलाई लिन्छन् भन्ने तिनलाई विश्वास हुन्छ । सुनमा जत्तिकै यो कुरा अमेरिकी डलरमा पनि लागू हुन्छ ।
क्रिप्टोकरेन्सी त्यसमा पनि विशेष बिटकोइनलाई विश्वासको खेल मात्र भनेर तर्क गर्नु अथवा धेरै अर्थशास्त्रीले भने जस्तै ‘स्पेकुलेटिभ बबल’ भन्नु तिनको लोकप्रियतालाई बेवास्ता गर्नु हो । यद्यपि, क्रिप्टोकरेन्सीमाथि विश्वास गर्ने आमआधार भने देखिँदैन । अर्थात्, आममानिसले विश्वास गर्न सक्ने स्थायी संस्थागत आधारको अभाव छ । त्यसैले त बिटकोइनको मूल्य तल–माथि हुँदा आफैँ त्यसमाथिको आमविश्वासमा पनि धक्का लागेर तल–माथि हुन्छ । यो बिटकोइनको कमजोर र अस्थिर पक्ष हो ।
वास्तविक उपयोगिताका आधारमा मानिसले विश्वास गर्ने बिटकोइन तथा अन्य क्रिप्टोकरेन्सीको प्रत्येक लेनदेनलाई निरन्तर प्रमाणित गर्नुपर्छ । अर्थात्, बिटकोइनबाट हुने हरेक लेनदेन विकेन्द्रित बहिखातामा टिपोट गरिएको हुन्छ (बिटकोइनको सन्दर्भमा टिपोट गरिने बहिखातालाई ‘ब्लकचेन’ भनिन्छ) । यसका लागि करोडौँ कम्प्युटर निरन्तर नयाँ लेनदेनको अपडेट र पुष्टि गर्न सञ्चालन भइरहेका छन् । ‘माइनिङ’ भनिने यो प्रक्रियामा मलेसिया वा स्विडेनजस्ता मध्यम आकारको एउटा अर्थतन्त्रले बराबर ऊर्जा खपत भइरहेको हुन्छ ।
जलवायु परिवर्तनको जोखिमप्रति आज विश्व जागेको र त्यसविरुद्ध कति थोरै काम गरिरहेका छौँ भनेर देखिएको वेला यति ठूलो ऊर्जाको उपभोगले बिटकोइनलाई अनाकर्षक बनाउँछ । यद्यपि, अस्थिर, नाजुक र विशाल ऊर्जा उपभोगका बाबजुद बिटकोइनले धेरैलाई किन आकर्षित गरिरहेको छ ? यसमा मुख्यतः पाँच पक्षले भूमिका खेलेको छ । यसले सहज बनाउने आपराधिक क्रियाकलाप, मुद्रा बनाउँदाको खर्च र त्यसको खास मूल्यबीचको भिन्नता, सबैले उपभोग गर्न पाउने, वर्तमान समयको प्राविधिक आशावाद, एक सबल राजनीतिक भाष्य र छिटै धन कमाउन सघाउने हुँदा बिटकोइनप्रतिको आकर्षण बढेको छ । यहाँ यी पक्षको चर्चा गरिएको छ ।
हामी यस्तो समयमा बाँचिरहेका छौँ, जब आर्थिक सम्भावनाहरू खुम्चिरहेका छन् । कलेज डिग्रीधारी श्रमिकले समेत राम्रो ज्यालायुक्त सुरक्षित जागिर पाउने सम्भावना न्यून हुँदै गएको छ । जब आर्थिक अवसरहरू कम हुन्छन्, तब छिटै धनी हुने योजना बिकाउन सजिलो हुन्छ । त्यसैले अहिले धेरै कम्पनी बिटकोइनसम्बन्धी लगानीको स्किम बेचिरहेका छन् । अमेरिका र अन्यत्रका करोडौँ मानिसले बिटकोइनमाथिको लगानीले फाइदा नै गर्छ भनेर नै ठूलो रकम क्रिप्टोकरेन्सीमा खन्याइरहेका छन् ।
क्रिप्टोकरेन्सीको प्रचलन प्रविधिमैत्री पुस्ताको संख्या बढिरहेको समयमा हुनुले यसलाई फाइदा पु¥याएको छ । नयाँ प्रविधिका कारण भविष्य सुन्दर बन्दै गएको कुरा जताततै सुनिन्छ । झट्ट हेर्दा बिटकोइन कुनै प्राविधिक चमत्कार हो भनेर अस्वीकार गर्न सकिँदैन । सरकारी नियमनविना चल्न सक्ने यस्तो जटिल विकेन्द्रित प्रणाली निर्माण गर्न वास्तविक सिर्जनशीलता र विज्ञताको खाँचो हुन्छ । मुद्रा सप्लाइमाथि नियन्त्रण गरेर सामान्यतया सरकारको हातमा आउने अतिरिक्त खरिद क्षमता बिटकोइनमा आकर्षण हुने अर्को कारण हो ।
क्रिप्टोकरेन्सी हामीमाझ रहन्छन् भन्ने स्पष्ट भइसकेको छ, तर तिनले कस्तो आर्थिक भूमिका खेल्नेछन् वा खेल्नुपर्छ भन्ने स्पष्ट भइसकेको छैन । बिटकोइनको सन्दर्भमा यसको प्राविधिक सफलता त्यसले के दिन्छ भन्दा पनि त्यसले गर्ने वाचामा निर्भर रहन्छ ।
जब अमेरिकी सरकारले नयाँ मुद्रा जारी गर्छ, त्यो खरिद क्षमता वा ऋण तिर्न प्रयोग हुन्छ । मद्रा निर्माण गर्दा लाग्ने खर्च र त्यसको खास मूल्यबीचको भिन्नताबाट हुने मुनाफाले धेरै सरकारलाई आकर्षित गर्छ । क्रिप्टोकरेन्सीमा पनि यो व्यापक आकर्षणको विषय बनेको छ । यो कुरा झन्डै १६ सय सूचीबद्ध क्रिप्टोकरेन्सीको संख्याले पनि देखाउँछ ।
बिटकोइनको सन्दर्भमा केन्द्रीकृत अधिकारीको अभावमा उल्लेखित मुनाफा सबैमा बाँडिन्छन् । त्यसैले धेरै ‘माइनिङ’ गर्न उत्प्रेरित हुन्छन् । विश्वमा दश लाखभन्दा बढी बिटकोइन माइनिङमा संलग्न छन् । निरन्तरको मागको स्रोतले नयाँ मुद्रालाई विश्वसनीय आधार प्रदान गर्छ । क्रिप्टोकरेन्सी, त्यसमा पनि विशेषतः बिटकोइनलाई विनियमका लागि आपराधिक विश्वले अत्यधिक प्रयोग गरिरहेको छ । सुरुका दिनमा बिटकोइनको माग सिल्क रोडजस्ता डार्क वेबसाइटले वृद्धि गराएको थियो । ती साइटमा कानुनले गैरकानुनी भनेका सम्पूर्ण प्रकारका लेनदेन हुने गर्छ । आज पनि सम्पूर्ण बिटकोइन लेनदेनको आधा हिस्सा आपराधिक क्रियाकलापले लिएको छ ।
माथि उल्लेखित चारवटै तŒवले बिटकोइनको कृत्रिम वृद्धिलाई सघाइरहेको छ । निश्चित रूपमा हाम्रो समाजको आर्थिक कमजोरी बिटकोइनबाट हुने मुनाफाले समाधान हुँदैन, न त विधमान प्राविधिक आशावादी मानसिकताले वास्तविक विश्वको समस्यालाई कम गर्नेछ । र, बिटकोइन ‘माइनिङ’मार्फत हुने मुनाफा वितरणले जे जति फाइदा भइरहेको छ, त्यति नै ऊर्जाको उच्च खपतमार्फत क्षति पु¥याइरहेको छ । अझ बिटकोइनमाथिको राजनीतिक पक्ष त यहाँ उल्लेख नै भएको छैन ।
बिटकोइनले विश्व अर्थतन्त्रमाथि रहेको राज्यको अत्यधिक शक्तिलाई कम गर्न वा हटाउन सघाउला त ? विश्लेषणले त्यस्तो देखिँदैन । अमेरिकी फेडेरल रिजर्बको कामकारबाही कहिलेकाहीँ रहस्यमयी हुन्छ । र, सन् २००८ को वित्तीय संकटको समयमा वाल स्ट्रिटलाई गरिएको आर्थिक उद्धारले सामान्य मानिसको भन्दा पनि बैंक र बैंकरलाई मुनाफा भएको कुरा सही हो । केही स्वप्नदर्शीले बिटकोइनको प्रयोगमार्फत राजनीतिज्ञ र नीतिनिर्माताको अर्थतन्त्रमाथि रहेको अत्यधिक शक्ति न्यूनीकरण गर्ने चाहनालाई यस्तै क्रियाकलापले प्रेरित छन् । तर, यो कुरालाई ख्याल गर्दा पनि हाम्रो वर्तमान समयको कुनै पनि समस्यालाई बिटकोइनले सम्बोधन गर्दैन ।
बिटकोइनले अपरिपक्व खालको स्वच्छन्दवादी (लिबरटारियन) विचारधारावाहकलाई आकर्षित गर्छ, जसले एकजना प्रतिभाशाली एक्लैले अहंकारी राज्यसँग लडेर आममुक्तिको सम्भावनाको कल्पना गर्छ । बिटकोइनको डिजाइनर तथा यसको प्रेरणादायी घोषणापत्र लेख्ने मानिस वा (मानिसहरूको समूह)को नाम ‘सातोसी नाकामोतो’ भनेर मात्र थाहा छ । यो छद्म नाम हो र यसको वास्तविक पहिचान यति लामो समयसम्म हुन सकेको छैन । निश्चित रूपमा सातोसी नाकामोतो उपन्यासकार एन ¥यान्डको एट्लास स्रग्डको काल्पनिक पात्र जोन गाल्टभन्दा बढी स्वप्नदर्शी लाग्छ । तर, स्वप्नदर्शी जो भए पनि कल्पना गर्ने व्यक्ति न हो ।
पश्चिमी मुलुकका सरकारले व्यापक मुद्रास्फीति बढाउने अथवा अन्तर्राष्ट्रिय मुद्रा प्रणालीलाई कमजोर बनाउने जोखिम अत्यन्त न्यून छ । आजको विश्वको वास्तविक खतरा राजनीतिक ध्रुवीकरण, प्रजातन्त्र कमजोर हुँदै गएको कुराबाट आइरहेको छ । साथै, प्रजातान्त्रिक राजनीतिक प्रणालीले आर्थिक एलिट तथा निरंकुश राजनीतिज्ञलाई सन्तुलनमा राख्न नसक्दा पनि समस्या आइरहेको छ । र, नयाँ मुद्राले यी समस्या समाधान गर्दैन । आज पश्चिमलाई राजनीतिज्ञ, कर्मचारी र सिलिकन भ्याली तथा वाल स्ट्रिट धनाढ्यलाई जिम्मेवार बनाउने कदमको आवश्यकता छ । जुन प्रजातान्त्रिक सहभागिता र सक्रिय नागरिक संलग्नताबाट प्राप्त गर्न सकिन्छ । बिटकोइनजस्ता हतकन्डाले हामीले चाल्नुपर्ने वास्तविक कामबाट हाम्रो ध्यान अन्यत्र मोड्ने काम मात्र गरिरहेको छ ।