मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २३ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २३ शनिबार २१:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देश विकासको गतिमा अघि बढ्यो : पूर्वमन्त्री नेपाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २३ शनिबार २१:४४:oo

बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री अरुण नेपालले देश विकासको गतिमा अघि बढेकाले अब पछाडि फर्कने अवस्था नरहेको बताएका छन् । नेपाली जनताले अब ससाना संघ संस्थामार्फत पनि गाउँ, सहरमा विकास गर्न थालेको उनले बताए । 

बकस इन्भेस्टमेन्ट कम्पनी प्रालिको आठौँ साधारण सभामा बाेल्दै नेपालले यस किसिमका संस्था नागरिक सचेतना जगाउन र देशको विकासको लागि सहयोगी बन्न सक्ने विचार व्यक्त गरे ।

बागबजारस्थित होटल हार्दिकमा शनिबार भएको साधारण सभाले आगामी ३ वर्षे कार्यकालका लागि सञ्चालक समितिको चयन गरेको छ । अध्यक्ष समिर नेपाल, सञ्चालकहरूमा कुवेरमणि नेपाल, झुमा देवान नेपाल, एकमणि नेपाल, सन्तोषमणि नेपाल, श्याम नेपाल, तुलसी नेपाल, राजन नेपाल, रामचन्द्र नेपाल चयन भएका छन् । कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट ५३. ५ प्रतिशत नगद लाभांश तथा १७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।