मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २३ शनिबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमल थापालाई नइको १ लाख पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २३ शनिबार १९:११:००

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको नाउँमा स्थापित एक लाख रुपैयाँ राशिको ‘नइ कीर्तिनिनिधि पुरस्कार’ बाट राप्रपा अध्यक्ष कमल थापा पुरस्कृत भएका छन् । नई प्रकाशनले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले थापालाई पुरस्कार प्रदान गरे । 

पुरस्कार ग्रहण गर्दै थापाले शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट पुरस्कार ग्रहण गर्न पाउँदा आफूलाई भाग्यशाली महसुस गरेको बताए  । थापाले जीवनमा धेरै कठिन परीक्षाको घडी, घात, प्रतिघात पार गरेको भन्दै आफ्नो पछाडि कति भिड छ भनेर कहिल्यै नहेरी निरन्तर सत्य र निष्ठाको बाटोमा अविचलित भएर हिँडिरहेको बताए । 

नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अक्षुणता संरक्षण र संवद्र्धनका लागि प्रतिबद्ध भएकाले कमल थापालाई पुरस्कार प्रदान गरिएको नइ प्रकाशनका सदस्यसचिब नरेन्द्रराज प्रसाईले बताए ।