मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २२ शुक्रबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २२ शुक्रबार १६:४९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

७६४ कोरोना संक्रमित थपिँदा १,०३३ निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २२ शुक्रबार १६:४९:oo

पछिल्लो २४ घन्टामा देशभर सात सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले गरेको पछिल्लो परीक्षणका क्रममा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

सोही अवधिमा एक हजार ३३ जना निको भएका छन्। नाै हजार चार सय ६६ पिसिआर र एक हजार दुई सय २२ एन्टिजेन परीक्षण गर्दा सात सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म नेपालमा संक्रमितको कुल संख्या आठ लाख नाै सय नाघेको छ। मृत्‍यु हुनेको संख्या ११ हजार दुई सय १० पुगेको छ।