मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २० बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २० बुधबार १९:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाले बिहीबार मन्त्रीको नाम टुंगो लगाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २० बुधबार १९:२३:oo

जनता समाजवादी पार्टी (जसपा) ले बिहीबारसम्म मन्त्रीको नाम टुंग्याउने भएको छ। जसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा जाने नेताको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो। ‘सरकारमा जाने नामबारे छलफल भएको छ,’ एक नेताले भने, ‘तर आकांक्षी धेरै भएकाले कसलाई पठाउने भन्ने अझै टुंगो लाग्न सकेको छैन।’

तीन नेताले बिहीबार बिहान छलफल गरेर नामबारे निर्णय लिन लागेका हुन्। ‘बिहीबार ८ बजे तीन नेताबीच छलफल हुँदै छ, त्यही बैठकपछि मन्त्रीको नाम टुंगो लाग्नेछ’, जसपा स्रोतले भन्यो। वरिष्ठ नेता राई काठमाडौंबाहिर भएकाले टेलिफोनमा भट्टराई र यादवले उनीसँग सम्भावित नामबारे छलफल गरेका थिए। 

जसपाको आजको बैठकमा संसदमा नभएका व्यक्तिलाई मन्त्रिमण्डलमा नपठाउने, एक महिला अनिवार्य, शीर्ष नेता सरकारमा नजाने, भूगोल मिलाएर सरकारमा पठाउने, समुदायगत रूपमा पनि मिलाउनुपर्ने भन्दै सुझाब दिएको थियो। 
जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, अमृता अग्रहरी, इस्तियाक राई, मृगेन्द्र यादव, प्रदीप यादव, रामसहाय यादवलगायत नेताहरू मन्त्रीका आकांक्षी छन्।