मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असोज २० बुधबार ०६:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साओमी ११ लाइट  एनई ५जी सार्वजनिक 

Read Time : < 1 मिनेट
२०७८ असोज २० बुधबार ०६:०६:००

साओमी नेपालले साओमी ११ लाइट एनई ५जीको सार्वजनिक गरेको छ । कम्पनीले साओमी ११ सिरिजको स्मार्ट फोनलाई एक स्तरमाथि लैजाँदै साओमी ११ लाइट एनई ५जी डिजाइन गरेको हो । 

स्मार्ट फोनमा नयाँपन र सौन्दर्यसँगै ५जी ब्यान्ड खोज्ने प्रयोगकर्ताका लागि यो स्मार्ट फोन उपयुक्त हुने कम्पनीको भनाइ छ । क्वालकम स्न्यापड्र्यागन ७७८ जी र सुधारिएको सफ्टवेयर यसको मुख्य विशेषता रहेको जनाइएको छ । साओेमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले केही वर्षदेखि विभिन्न श्रेणीमा उत्कृष्ट उत्पादनहरू प्रस्तुत गर्ने निरन्तर प्रयासका कारण प्रिमियम सेग्मेन्टमा सफलता प्राप्त गर्न सफल भएको बताए । 

उनले भने, ‘विश्वभरिमा हाम्रो ब्रान्डको उपस्थितिलाई एकताबद्ध गर्नका लागि ग्लोबल फुट प्रिन्टहरूको अनुसरण गर्दै साओमी ११ लाइट एनई ५जी नयाँ नामकरणसँग आउने पहिलो फोन बनेको छ ।’ 

 विशेषता
यो स्मार्ट फोनमा ६.५५ इन्च डिस्प्ले रहेको छ । एमोलेड इन टच टाइपको प्रविधि रहेको यसमा १० विट्स कलर डेप्थ रहेको जनाइएको छ । सुरक्षाका लागि यसको आगाडि गोरिल्ला ग्लास ५ रहेको छ । ८ जिबी  र्‍याम रहेको यसमा १२८ जिबी र २५६ जिबी इन्टरनल मेमोरी रहेको दुई मोडेल रहेको जनाइएको छ ।

लिक्विड कुल टेक्नोलोजी रहेको यसमा हाइब्रिड माइक्रो एसडी कार्ड सपोर्ट रहेको छ । यसको पछाडि ६४ मेगापिक्सेल, आठ मेगापिक्सेल र पाँच मेगापिक्सेलको क्यामरा रहेको छ । त्यस्तै, अगाडि २० मेगापिक्सेलको क्यामरा रहेको छ । यसमा ४२५० एमएएच ब्याट्री रहेको कम्पनीले जनाएको छ । 

डायमन्ड ड्याजल, टस्कनी कोरल, ज्याज ब्लू र बिनाइल ब्ल्याक रङहरूमा उपलब्ध रहेको यो स्मार्ट फोन ८ जिबी र्‍याम र २५६ जिबी मेमोरीको ४९ हजार रुपैयाँ र ८ जिबी र्‍याम र १२८ जिबी रोम भएको फोनको मूल्य ४६ हजार रुपैयाँ तोकिएको छ ।