Skip This
नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २० बुधबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २० बुधबार o६:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २० बुधबार o६:oo:oo

नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।

नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार पोखरा फाइनान्सका ग्राहकले नेपाल एसबिआई बैंकमार्फत लटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्ने जनाइएको छ ।