१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

‘मेरो आदर्श : मेरो विश्वास’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२३:oo

राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यद्वारा लिखित ‘मेरो आदर्श : मेरो विश्वास’ नामक संस्मरणात्मक कृति सार्वजनिक भएको छ । नेपालगन्जमा मंगलबार आयोजित कार्यक्रममा उनको पुस्तक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रा.डा. आचार्यले बिपी र पुष्पलालसँगका संस्मरण, उनीहरूको आचरण र व्यवहारलाई पुस्तकमा उतारेको बताए । कम्युनिस्ट आन्दोलनका वेला पुष्पलालसँग बनारसमा तीन वर्ष सँगै बिताएको र बनारसमा बिपीसँग भेट भएको कुरा उनले पुस्तकमा समेटेका छन् । 

उनले पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिको घटनाक्रमलाई पनि विश्लेषण गरेका छन् । दाङको कम्युनिस्ट आन्दोलन, दाङ–बनारस र तत्कालीन कोर्डिनेसन केन्द्रसँगको सम्बन्ध, विद्यार्थी आन्दोलनसँगै उनले त्रिभुवन विश्वविद्यालयभित्र हुने राजनीतिलाई संस्मरणमा लेखेका छन् । उनले दलहरूमा देखिएको सैद्धान्तिक विचलन, नेपालको भारत र चीनसँगको कूटनीति सम्बन्ध उनको पुस्तकमा पढ्न सकिन्छ ।

पुस्तक विमोचनका क्रममा प्रा.डा. गोपालप्रसाद शर्मा घिमिरेले आचार्यको पुस्तकले नेपाली राजनीतिको अवस्था र देशको वर्तमान परिस्थितिलाई उजागर गरेको बताए । राजनीतिमा देखिएको विचलनका कारण जनतामा निराशा छाएको बताउँदै पछिल्लो समय राजनीतिमा सिद्धान्तभन्दा व्यक्तिवादी सिद्धान्त हाबी भएको उनले बताए । 

ad
ad