१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धनकुटाका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:५४:oo

चाडपर्वको समयमा यात्रुको सहजताका लागि धनकुटाका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने उद्देश्यले आइतबार भेडेटार, धनकुटा बसपार्क र हिले बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले जानकारी दिए । सहायता कक्षको उद्घाटन गर्दै डिएसपी रायले चाडबाडको समयमा यात्रुहरूको चाप बढी हुने भएकाले यात्रुहरूलाई सहज ढंगले गन्तव्य स्थलसम्म पुर्याउनका लागि यात्रु सहायता कक्षको स्थापना गरिएको बताए ।

उनले चाडाबाडको समयमा यात्रुहरूले चालकहरूबाट भाडामा ठगिएको गुनासो गर्ने गरेको उल्लेख गर्दै त्यसको न्यूनीकरण गर्न पनि सहायता कक्षले सहयोग पुग्ने बताए । सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रहनेछन् । 

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई सुरेन्द्र खड्काले यात्राको क्रममा कुनै पनि सवारीसाधनबाट ठगिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे ।

धनकुटा हुँदै पूर्वी पहाडी जिल्ला तेह्रथुम, भोजपुर र संखुवासभातर्फ दैनिक एक हजारभन्दा बढी साना–ठूला सवारीसाधनहरू सञ्चालन हुने गरेका छन् ।

ad
ad