१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज १७ आइतबार ०७:०३:००
Read Time : < 1 मिनेट
साहित्य

साहित्यकार तुलसी दिवस पुरस्कृत 

Read Time : < 1 मिनेट
२०७८ असोज १७ आइतबार ०७:०३:००

वरिष्ठ लोकसंस्कृतिविद्, साहित्यकार एवं कवि तुलसी दिवस नगद एक लाख रुपैयाँ नगदसहित पुरस्कृत भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट दिवसलाई सम्मान गरिएको हो ।

प्रत्येक दुई–दुई वर्षमा वितरण गरिने पुरस्कारको राशि एक लाख नगद रहेको छ । पुरस्कार स्थापना समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले गरेका हुन् ।

उनलाई शनिबार पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरेका हुन् । असार १९९८ सालमा धनकुटामा जन्मिएका दिवस २९ वर्षको उमेरमै प्राज्ञ भएका थिए । उनी नेपालकै कान्छा प्राज्ञ हुन् ।