मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ असोज १३ बुधबार २०:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सहमतिमा एमसिसी पास गर्नुपर्छ : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
२०७८ असोज १३ बुधबार २०:५२:००

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रिय सहमतिमा पास गर्नुपर्ने बताएका छन् । बुधबार लमजुङको सदरमुकाम बेँसीसहरमा आयोजना गरिएको जसपाको संगठन सुदृढीकरण जनजागरण अभियानलाई सम्बोधन गर्दै भट्टराईले एमसिसीमा राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन् । 

भट्टराईले एमसिसीजस्ता विषयमा राष्ट्रिय दलहरूबीचमा समझदारी आवश्यक रहेको समेत बताए । ‘एमसिसीको विषय अहिले पेचिलो रूपमा उठेको छ,’ उनले भने, ‘यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ । एससिसी पनि विशुद्ध रूपमा एउटा परियोजना अनुदान सम्झौता हो । यस्ता सम्झौता थुप्रै देशसँग हुने गरेका छन् ।’ 

अर्को प्रसंगमा भट्टराईले पाँचदलीय गठबन्धनको सरकारले निर्वाचन गराउने र यो गठबन्धन नटुट्ने बताए । उनले संविधान र राष्ट्रको रक्षाका लागि निर्माण भएको गठबन्धनमा कुनै पनि विवाद नरहेकाले नटुट्ने दाबी गरे । ‘यो गठबन्धन लोकतन्त्र, गणतन्त्र, संघीयता, संविधानको रक्षाका लागि बनेको हो,’ उनले भने, ‘सजिलै टुट्नेवाला छैन । यो गठबन्धन आगामी चुनावसम्म कायम रहनेछ ।’
 
उनले सरकारले पूर्णता पाउन ढिलाइ भएको बताउँदै अब केही दिनमै सरकारले पूर्णता पाउने जिकिर गरे ।