भक्तपुरको बोडेस्थित कमलपोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ । बुधबार दिउँसो पोखरीमा डुबेर बोडे बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशन खड्काको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले पोखरीमा डुबेका बालकको उद्धार गरी उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पुर्याइएपछि मृत्यु भएको जानकारी दिए । पोखरी डिलमा खेल्ने क्रममा बालक पोखरीमा परेका थिए ।