मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १३ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १३ बुधबार १७:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुटुलाई कसरी सुरक्षित राख्ने ? (भिडियो)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १३ बुधबार १७:१o:oo

पछिल्लो समय नेपालमा मुटुरोगीको संख्या बढ्दै गइरहेको छ । योसँगै हृदयघातको संख्या पनि उतिकै छ । जसका कारण धेरैको ज्यान गएको छ। मुटुरोग विशेषज्ञहरूको सल्लाह मान्ने हो भने मुटुलाई केही हदसम्म स्वास्थ्य राख्न सकिन्छ। 

समयको परिवर्तनशील जीवनशैलीले पनि मुटुलाई असर गरिरहेको हुन्छ । आधुनिक जीवन शैलीले जिउन थालेपछि झन् मुटुका रोगी बढेको देखिन्छ। यसकरण पनि मुटुलाई स्वास्थ्य राख्ने चुनौती थपिँदै गएको छ । कतिपयको जन्मजात मुटुरोग पनि हुन्छ। त्यसलाई उपचार पनि गर्न मिल्छ । अहिले वयस्कहरूमा पनि मुटुमा समस्या देखिन थालेको छ । 

 

यसरी स्वास्थ्य राख्न सकिन्छ मुटुलाई 
मुटुलाई स्वास्थ्य राख्न विशेष गरी हाम्रो जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । अहिले जंक फुड बढी खाने बानी बसेको छ। मासुजन्य खानेकुराहरू धेरै खाने बानी बसेको छ। अहिलेको व्यस्त जीवन शैलीले तनाव भइरहेको हुन्छ। अस्वस्थकर जीवनशैलीलाई हामीले परिवर्तन गर्नुपर्छ। 
–अधिकांश मानिसहरूमा शरीरिक व्यायाम गर्ने बानी हुँदैन। दैनिक कम्तीमा आधा घण्टा शारीरिक व्यायम गर्ने बानी बसाल्नुपर्छ। बिहान, दिउँसो बेलुका जुनसुकै समयमा गर्न सकिन्छ। यसो गर्नाले मुटु सुरक्षित रहन्छ।  
–मुटुलाई विशेष गरी स्वास्थ्य राख्न खानपानमा ध्यान दिनुपर्छ। मुटुको लागि अस्वस्थ खाना : जस्तै रातो मासु, कार्बाेहाइड्रेटयुक्त खाना नखाने, नुन र चिनीको मात्र कम गरे मात्रै पनि केही हदसम्म मुटु स्वास्थ्य हुन्छ। 
– हरियो सागपात, फ्रेस फलफूल, ओखर, बदाम, गाजरजस्ता खाने कुरामा बल गर्नुपर्छ। मासुको सट्टा माछा खाने बानी बसाल्नुपर्छ। दैनिक भिटामिन डीको लागि घाममा बस्ने बानी गर्नुपर्छ। 
–मुटुलाई स्वास्थ्य राख्नु छ भने धुम्रपान र मद्यपान सेवन गर्नुहुँदैन। अत्याधिक मात्रमा धुम्रपान र मद्यपान गर्यो भने छोटो उमेरमै मुटुमा समस्या देखिन्छ। त्यसकारण धुम्रपान र मद्यपान सेवान गर्नुहुँदैन। 
–अहिले मानिसहरूको जीवनशैली निकै व्यस्त हुन थालेको छ । योसँगै विभिन्न कुराहरू मन खेल्छ । स्वस्थ्य मुटुका लागि चिन्ता लिने बानीबाट मुक्त हुनुपर्छ। चिन्ता र भयरहित जिन्दगी जिउने प्रयास गर्नुपर्छ। 
–मुटु स्वास्थ्य राख्न हाम्रो दैनिकीमा पनि सुधार ल्याउन जरुरी छ। बेलुकी समयमै सुत्ने र समयमै उठ्ने बानी बसाल्नुपर्छ। समयमा सुत्ने समयमा उठ्ने बानीले पनि मुटु स्वास्थ्य रहन्छ । 

हृदयघातबाट कसरी सुरक्षित रहने ? 
पछिल्लो समय हृदयघातका करण मृत्यु हुनेको संख्या पनि बढ्दो छ। ३५ देखि ४० वर्ष उमेरका लाई हृदयघात हुने गरेको छ। आफ्नो परिवारमा कसैलाई हृदयघात भएको छ भने अझ बढी ध्यान दिनुपर्छ। परिवारका आमा वा बुबा हृदयघातका कारण मृत्यु भएको छ छोराछोरीमा पनि हृदयघात हुन सक्छ। त्यसकारण पनि मुटुरोग विशेषज्ञको सल्लाह लिनुपर्छ।

नियमित व्यायमको कमी र धेरै तनाब भयो पनि हृदयघात हुन्छ । अत्यधिक मद्यपान र धुम्रपानले गर्दा पनि यस्तो समस्या आउन सक्छ। यति मात्रै होइन शरीरमा सुगर र कोल्डस्टोर नियन्त्रण भएन पनि हृदयघात हुन्छ। अहिले २६–२७ वर्षको उमेरमै हृदयघात भएको देखिएको छ। 
यसकारण नियमित शारीरिक व्यायम गर्नुपर्छ। वर्षको एकपटक इसिजी गर्ने, कोल्ड स्टोर र सुगरको मात्रा कति छ भनेर जाँच गराउनुपर्छ । खानापान र विशेषज्ञसँग नियम सल्लाह लियो भने पनि हृदयघात हुनबाट जोगिन्छ।

(डा.अनिल भट्टराई त्रवि शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्।)