मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १२ मंगलबार १६:३५:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

१,१५८ संक्रमित थपिँदा १,३१८ संक्रमणमुक्त, थप १२ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १६:३५:oo

पछिल्लो २४ घन्टामा देशभर एक हजार एक सय ५८ जनामा कोभिड– १९ संक्रमण पुष्टि भएको छ। १४ हजार तीन नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर पिसिआर विधिबाट ११ हजार ६ सय ७२ नमुनाको परीक्षण गर्दा नै सय चारजनामा तथा एन्टिजेन विधिबाट दुई हजार तीन सय ३१ नमुना परीक्षण गर्दा दुई सय ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।

यो समयमा कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप १२ जनाले ज्यान गुमाएका छन् भने एक हजार तीन सय १८ जना संक्रमणमुक्त भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या १८ हजार चार सय २२ पुगेको छ।

मन्त्रालयका अनुसार मंगलबार दुई लाख आठ हजार ९० जनाले कोभिड– १९ को खोप लगाएका छन्।