मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ असोज १२ मंगलबार १३:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दाको सुनुवाइ निरन्तर

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असोज १२ मंगलबार १३:४६:००

३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका– ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दाको अन्तिम सुनुवाइ निरन्तर भइरहेको छ। मोरङ जिल्ला अदालतका एक नम्बर न्यायाधीश भरत लम्सालको इजलासमा उक्त मुद्दाको अन्तिम सुनुवाइ आइतबारदेखि निरन्तर भइरहेको हो।

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा आइतबार र आज सोमबार सरकारी वकिलहरूले बहस गरेका थिए। सोमबारदेखि नै प्रतिवादीहरूका कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्।  मुद्दाको बहस सकिन एक हप्तासम्म लाग्न सक्ने र त्यसपछि सरकारी वकिलको तर्फबाट प्रतिउत्तर दिएपछि अदालतले मुद्दा फैसला गर्ने मोरङ जिल्ला अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी गराए।

१९ वैशाख २०७५ मा पहिलोपटक र त्यसपछि थप तीनपटक दर्ता भएको उक्त मुद्दामा ९ बहालवाला प्रहरीसहित ७७ प्रतिवादी छन। तीमध्ये २२ प्रतिवादी अझै फरार रहेका छन्। दुई वर्ष अवधि नाघिसकेको जघन्य फौजदारी कसुरअन्तर्गतको उक्त मुद्दा मोरङ अदालतले हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाय गर्दै आइरहेको छ। 

२०७४ मंसिरमा थाई एयरलाइन्सबाट तस्करले ल्याएको साढे ३३ केजी सुन गायब भएको थियो। सोही सुन खोजी गर्ने क्रममा १८ फागुन ०७४ मा सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे)का सहयोगी मोरङ उर्लाबारी नगरपालिका– ७ का युवा सनम शाक्यको हत्या भएको  थियो। उनको शव १९ फागुनमा स्कार्पियो जिपभित्र विराटनगर– १ पोखरियामा फेला परेको थियो। घटनास्थलबाट तत्काल टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण कार्की पक्राउ परेका थिए।

उक्त हत्यापछि सरकारले उच्चस्तरिय छानबिन टोली गठन गरेर सुन तस्करीको छानबिन गरेको थियो। छानबिन समितिको प्रतिवेदनको आधारमा नेपाल प्रहरीले सरकारी वकिलको कार्यालय मोरङमार्फत जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना गरी सुन चोरीपैठारी निकासी गरी अवैध कारोबार र मानव अपहरण गरी हत्या गरेको आरोपमा ७७ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो।

सबै अभियुक्तउपर २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म  संगठित आपराधिक सञ्जाल बनाएर १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँबराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्रामबराबर सुन तस्करी गरेको र सनम शाक्यको अपहरण गरी हत्या गरेको अभियोगको माग दाबी गरिएको थियो। 

तत्काल पुर्पक्षका लागि थुनामा पठाइएका अभियक्तहरू पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी पर्शुराम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी,   सइ बालकृष्ण सञ्जेल सादा तारेखमा छाडिएका थिए। यसैगरी उच्चबाट रामकुमार तिवारी, प्रभात अग्रवात, विमल पोद्दार, राजेन्द्रकुमार शाक्य, राजकुमार दारुका, मदनप्रसाद घिमिरे, शैयत अकबर र इम्तियाजलगायतका अभियुक्तहरू पनि थुनामुक्त भएका थिए।