मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १२ मंगलबार १२:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२१ हिमाली जिल्लामा दसैँअगाडि जिल्ला अधिवेशन सक्ने कांग्रेसको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १२:२५:oo

नेपाली कांग्रेसले २१ हिमाली जिल्लामा दसैँअगाडि जिल्ला तहको अधिवेशन सक्ने गरी काम अगाडि बढाएको छ। हिमाली जिल्लाहरूमा निर्धारित कार्यतालिकाअनुसार जिल्ला तहसम्मको निर्वाचन सम्पन्न गर्ने निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले तयारी अघि बढेको हो। 

समिति सदस्य तेजबहादुर रावलका अनुसार निर्वाचनका लागि २१ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ।  ‘२१ हिमाली जिल्लामा दसैँअघि जिल्ला तहको निर्वाचन सक्ने गरी प्रक्रिया सुरु गरिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ।’

त्यस्तै समितिले कार्यतालिकाअनुसार हुन नसक्ने अवस्था देखिएमा जिल्ला सभापति र जिल्ला निर्वाचन अधिकृतले निर्वाचन समितिलाई जानकारी गराउन निर्देशन दिएको छ। निर्वाचन हुन नसकेमा जिल्लाका हकमा प्रकाशित हुने कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गरिने समितिले जनाएको छ।

निर्वाचनको तयारी गरिएका सूचीकृत हिमाली जिल्लाहरुमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी रहेका छन्।

निर्वाचन तयारी सुरु भएका २१ मध्ये रसुवाको क्रियाशील सदस्यता भने सार्वजनिक हुन सकेको छैन।