१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ असोज १० आइतबार १७:१६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनसरी–मोरङ करिडोरमा निजी क्षेत्र आफैँले थाले औद्योगिक गणना

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असोज १० आइतबार १७:१६:००

उद्योग संगठन मोरङले उद्योगहरूले लगानी र अवस्थाबारे आफैँले पहिलोपटक तथ्यांक संकलन थालेको छ। १० असोजदेखि संगठनले सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलन गर्न सुरु गरेको हो।

वास्तविक लगानी र अवस्थाको तथ्यांक नहुँदा औद्योगिक विकासका लागि नीतिगत बहस र पैरवी गर्न बाधा पुगिरहेकोले पहिलोपटक निजी क्षेत्रले औद्योगगिक करिडोरको तथ्यांक संकलन गर्न थालेको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले जानकारी दिए।

प्याकुरेलका अनुसार  करिडोर र मोरङ जिल्लामा रहेका सबै औद्योगिक प्रतिष्ठानहरूको औद्योगिक तथ्यांक संकलन गरी डाटाबेस तयार गरिनेछ। यसले औद्योगिक क्षेत्रमा भएको लगानी, मजदुर र कर्मचारीको यकिन संख्या र अवस्था, उद्योगको प्रकार, कच्चापदार्थ आयात र उत्पादनदेखि विभिन्न  समस्याबारेको वास्तविकता जानकारी गराउनेछ।

उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराईका अनुसार  सर्वेक्षणमा उद्योगका विविध आयामहरू समेटिएका करिब सय प्रश्नहरू समावेश गरिएका छन्। सर्वेक्षणका लागि तालिम प्राप्त  पाँच गणकहरू परिचालन गरिएको छ। उनीहरूले प्रतिष्ठानमै पुगेर मोबाइल एपबाट तथ्यांक संकलन गर्ने बताइएको छ। 

तथ्यांक संकलनको काम असाेज महिनाभित्रमा सक्ने र मंसिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने महानिर्देशक चूडामणिले बताए। वास्तविक औद्योगिक गणना नहुँदा सुनसरी–मोरङ करिडोरमा रहेका उद्योग, मजदुर, कर्मचारीलगायतको फरक–फरक तथ्यांक प्रकाशन प्रसारण हुँदै आएको छ।