१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ८ शुक्रबार
  • Thursday, 03 July, 2025
२o७८ असोज ८ शुक्रबार १३:o६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सबै स्मार्टफोनमा एउटै चार्जर बनाउनुपर्ने नियम ल्याउँदै इयू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ८ शुक्रबार १३:o६:oo

युरोपेली आयोग (इयू)ले मोबाइल फोन र साना इलेक्ट्रोनिक उपकरणका लागि एउटै किसिमको चार्जर बनाउन प्रस्ताव गरेको छ। आयोगले प्रस्ताव गरेको नयाँ नियमले निर्माताहरूलाई एउटै प्रकारको चार्जर बनाउन बाध्य पार्नेछ।

उपभोक्ताहरूलाई पुरानो चार्जर पुनः प्रयोग गर्न प्रोत्साहित गरी फोहोर कम गर्ने उद्देश्यले यस्तो प्रस्ताव आएको बताइएको छ। प्रस्तावअनुसार युरोपेली संघमा आबद्ध मुलुकहरूमा बिक्री गरिने सबै स्मार्टफोनहरूमा युएसबी–सी चार्जर हुनुपर्ने बिबिसीले जनाएकाे छ।

तर, एप्पल कम्पनीले भने यस्तो नियमले नयाँ आविष्कारलाई क्षति गर्ने भन्दै प्रस्तावप्रति आपत्ति जनाएको छ। एप्पलले आफ्ना उत्पादनहरूमा एन्ड्रोइड फोनको भन्दा फरक चार्जर प्रयोग गर्दै आइरहेको छ। उसले आफैँले विकास गरेको 'लाइटनिङ' कनेक्टर प्रयोग गर्दछ।

युरोपेली आयोगले गरेको एक अनुसन्धानअनुसार प्रयोग गरेर फालिएको चार्जरका कारण मात्र वार्षिक ११ हजार टनभन्दा धेरै फोहोर उत्पादन हुने गरेको छ। संघमा आबद्ध देशहरूमा गत वर्ष मात्र करिब ४२ करोड मोबाइल, ट्याबलेटलगायतका इलेक्ट्रोनिक उपकरण बिक्री भएको थियो।