मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ७ बिहीबार
  • Monday, 16 December, 2024
२o७८ असोज ७ बिहीबार ११:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थी करणी आरोपित शिक्षक पुर्पक्षका लागि थुनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ७ बिहीबार ११:o७:oo

जिल्ला अदालत लमजुङले १४ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षक प्रकाश थापालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको छ। राइनास नगरपालिका भैरव माविका शिक्षक थापालाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

बुधबार जिल्ला अदालत लमजुङमा भएको थुनछेकको बहसपछि जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालको आदेशले शिक्षक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

पीडित छात्राले गत भदौ १ गते राइनास– ९ मोहोरियाकोटनिवासी शिक्षक थापा र सोही ठाउँका अर्जुनविक्रम थापाले आफूलाई विभिन्न समयमा जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय लमजुङमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीलगत्तै अर्जुनविक्रम थापा पक्राउ परेका थिए। शिक्षक थापालाई भने भदौ १४ गते प्रहरीले पक्राउ गरेको हो। बलात्कारका अर्का आरोपित अर्जुनविक्रम थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।