मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ७ बिहीबार ०६:४४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षक तालिम सञ्चालन सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ७ बिहीबार ०६:४४:००

बागमती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न चारवटा राष्ट्रिय खेलकुद संघसँग प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता गरेको छ । बागमती प्रदेशले नेपाल ब्याडमिन्टन, नेपाल एथलेटिक्स, नेपाल रग्बी र नेपाल आइटिएफ तेक्वान्दो संघसँग सम्झौता गरेको हो ।

बागमती खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, तेक्वान्दोका अध्यक्ष अन्जन धमला र एथलेटिक्स संघका तर्फबाट राखेपका वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङसँग बुधबार सम्झौतपत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार एथलेटिक्सको प्रशिक्षक तालिम त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही ९ देखि १३ असोजसम्म हुनेछ । आइटिएफ तेक्वान्दोको तालिम १६ र १७ असोजमा रामेछापमा हुनेछ भने रग्बीको १९ र २० असोजमा चितवनमा हुनेछ । यस्तै आगामी ५ र ६ कात्तिकमा ब्याडमिन्टनको तालिम राष्ट्रिय खेलकुद परिषद्को (राखेप) कभर्डहलमा हुनेछ ।