मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ७ बिहीबार ०६:३७:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

श्वेतशार्दुलः मदन भण्डारीको जीवन :  वाम राजनीतिको विगत देखाउने प्रयास 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ७ बिहीबार ०६:३७:००

रमेश रुछेन राईद्वारा लिखित पुस्तक ‘श्वेतशार्दुलः मदन भण्डारीको जीवन’ सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तकका लागि लेखकले गरेको मिहिनेत प्रशंसनीय रहेको बताए । लेखकले उल्लेख गरेका सन्दर्भ सामग्री, पुगेका ठाउँहरू, भेटेका मान्छेहरूले पुस्तकलाई तथ्यसँग नजिक्याएको उनको भनाइ थियो । उनले भने, ‘मदन भण्डारीका बारेमा अध्ययन, अनुसन्धान र खोज गरेर पुस्तक लेखेर लेखक राईले वामपन्थी आन्दोलनलाई गुन लगाएका छन् ।’

पुस्तकमाथि टिप्पणी गर्दै नेकपा एमालेकी नेता विन्दा पाण्डेले मदन भण्डारीको जीवनी आजका पुस्ताले पढ्नैपर्ने सामग्री भएको र त्यसका लागि यो पुस्तक सहयोगी हुने बताइन् । नेता पाण्डेले मदन भण्डारी प्रशंसाभन्दा स्वच्छ आलोचनालाई प्रोत्साहन गर्ने व्यक्ति भएको बताइन् । पुस्तक मदनका अनुयायी मात्रै होइन, आलोचकका लागि पनि निकै पठनीय रहेको उनको भनाइ छ । 

अर्का टिप्पणीकार पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान बुझ्न युवा पुस्ताले यो पुस्तक पढ्नैपर्ने बताए । उनले व्यावहारिक राजनीति मदन भण्डारीको विशेषता भएको पनि बताए । लेखकले निकै मिहिनेतका साथ पुस्तक लेखन गरेको बताउँदै उनले मदनको नाम लिइरहँदा मदन कसरी मदन भए भनेर बुझ्न पुस्तकले सघाउने धारणा व्यक्त गरे । 

राईले पुस्तक सार्वजनिक समारोहमा मदन भण्डारीका बारेमा लेखिन बाँकी धेरै भएकाले यो पुस्तक नै सबैथोक हो भन्ने भ्रममा आफू नरहेको र अरूलाई पनि नरहन सचेत गराए । पुस्तकका लागि सहयोग गर्नै सबैमा आभार व्यक्त गर्दै राईले आलोचनात्मक टिप्पणीको आस गरेको बताए । 

यस्तै यो पुस्तकले नेपाली राजनीतिका प्रखर तथा गतिशील पात्र मदन भण्डारीको जीवनमार्फत वाम राजनीतिको विगत हेर्ने प्रयास गरेको प्रकाशक सांग्रिला बुक्सले जनाएको छ । राजनीति र विकासका स्वतन्त्र अध्येता राई मोफलसलमा बसेर नेपाली राजनीति र विकासमा विगतको खोजी र वर्तमान निर्माणसम्बन्धी अध्ययनमा संलग्न छन् ।