मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ६ बुधबार २०:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाकिस्तानी प्रधानमन्त्रीले भने- नेपालसँग सम्बन्ध सुदृढ गर्छौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ६ बुधबार २०:१०:००

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँग द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न चाहेको बताएका छन् । मंगलवार शिष्टाचार भेटका लागि पुगेका नेपाली राजदूतावासका अधिकारीसँगको कुराकानीमा प्रधानमन्त्री खानले दुई देशबीच समस्यारहित सम्बन्ध रहेको, सार्कका सदस्य रहेको भन्दै विकास र सम्बृद्धिमा अनुभव आदनप्रदान गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

इस्लामाबादस्थित नेपाली राजदूतावासका अनुसार प्रधानमन्त्री खानले राजनीतिक जीवन सुरु गर्नुभन्दा अघि क्रिकेट खेलाडीका रूपमा नेपाल आएको पनि संस्मरण गरेका छन् । उनले नेपालको राजनीतिक अवस्थादेखि मौसम, भूगोलका बारेमा राजदूत अधिकारीसँग चासो राखेका छन् ।  प्रधानमन्त्री खानसँग राजदूत अधिकारीको पहिलो शिष्टाचार भेटवार्ता हो । 

राजदूत अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको शुभेच्छा सुनाएका थिए । खानले प्रधानमन्त्री देउवाप्रति शुभेच्छा व्यक्त गर्दै दुई देशको हितमा सहकार्य गर्ने उल्लेख गरेका छन् । राजदूत अधिकारीले दुई देशबीच सधैँ सद्भाव, आपसी विश्वास र सहकार्यमा आधारित हार्दिक सम्बन्ध रहेको चर्चा गरेका थिए । 

उनले सार्क, संयुक्त राष्ट्रसंघ तथा अन्य महत्वपूर्ण अन्तराष्ट्रिय मञ्चमा नेपाल र पाकिस्तानले साझा दृष्टिकोण राख्दै आएको पनि स्मरण गराएका छन् । यसैगरी राजदूत अधिकारीले दुई देशबीच सहकार्यका आधारमा सम्बन्ध थप सुदृढ गर्ने नेपालको चाहनासमेत व्यक्त गरेको राजदूतावासले जनाएको छ । पाकिस्तानले कोभिड १९ महामारीका समयमा नेपाललाई गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री खानलाई राजदूत अधिकारीले धन्यवाद दिएका छन् ।