मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज ६ बुधबार १९:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध विक्रीवितरण  गर्ने  मेडिकल सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
२०७८ असोज ६ बुधबार १९:३०:००

दाङमा लागुऔषध विक्रीवितरण गर्ने एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर बसपार्कस्थित फ्युजन हेल्थ केयर मेडिकलका सञ्चालक ४० वर्षीया  तीलाकुमारी सुनार पक्राउ परेकी हुन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बुधबार मध्याह्न १२ बजेतिर उनलाई पक्राउ गरिएको हो । उनको साथबाट एन्टिटिसिभ ट्याब्लेट–११२६, एन्टिफोफ  ट्याब्लेट–५०४, ट्रामाडोल ट्याब्लेट–१६०४, सी–ट्रयाब–१५६ सहित  चारवटा मोबाइल र नगद एक लाख १६ हजार ८ सय ५० रुपैयाँ बरामद गरेको छ । 

यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।