मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज ६ बुधबार ०८:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरमा एक महिनामै उठ्यो चार करोड ७३ लाख राजस्व

Read Time : < 1 मिनेट
२०७८ असोज ६ बुधबार ०८:३६:००

काठमाडौं महानगरपालिकाले एक महिनाको अवधिमा चार करोड ७३ लाख राजस्व संकलन गरेको छ । कर नतिर्ने करदाताकहाँ १६ देखि २५ साउनसम्म पञ्चेबाजासहित पुगेर कर तिर्न दबाब दिएपछि ठूला करदाता करको दायरामा आएका हुन् । ठूला करदाताले करोडौँ रुपैयाँ कर नतिरेपछि काठमाडौं महानगरपालिकाले कर उठाउने नयाँ शैली अपनाएको थियो ।

घरजग्गा र सम्पत्ति कर तिर्न अटेर गरेकाहरूकै घरआँगनमा पुगेर बन्चेबाजासहित कर तिर्न अपिल गरिएको थियो । महानगरपालिकाभित्र रहेको महिनाहरूको पञ्चेबाजा टोली १० दिनसम्म करदाताकहाँ पुगेर दबाब दिएका थिए । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख शिव अधिकारीले पञ्चेबाजा बजाएर कर उठाउन दबाब दिएपछि ठूला करदाताले केही मात्रामा भए पनि कर तिरेको जानकारी दिए ।

उनका अनुसार ठूला करदातामध्ये धेरैले हालम्म तिर्नुपर्ने बाँकीमध्येको आंशिक कर तिरेका छन् । दबाब दिन थालेपछि अन्य साना करदाताहरू पनि करको दायरामा आएका छन् । व्यंग्य गर्दै कर उठाउन जाँदा करदाताहरूले लाजै मानेर भए पनि कर तिरेको उनको भनाइ छ । ‘कर नतिरेकाकहाँ नयाँ शैलीमा पुग्दा केही व्यवसायी र घरधनीले कर बुझाउन आएका छन्,’ उनले भने, ‘हामीले दबाब दिएर भए पनि कर उठाउँछौँ ।’ 

महानगरपालिकामा एक महिनायता १८ व्यवसाय कम्पनी तथा घरधनीले घरजग्गा र सम्पत्ति बुझाएका छन् । जसमा सबैभन्दा बढी युनाइटेड वल्र्ड ट्रेड सेन्टरले एक करोड १० लाख कर बुझाएको छ ।