मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ६ बुधबार ०८:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आलोचना बन्द गर्न सरकारले सबैलाई पदक वितरण गर्‍यो : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ६ बुधबार ०८:२३:००

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले संविधान दिवसमा जथाभावी पदक वितरण गरेर पदककै गरिमा समाप्त पारेको आरोप लगाएका छन् । मदन भण्डारीको जीवनीमा आधारित श्वेतशार्दूल पुस्तकको मंगलबार विमोचन गर्दै ओलीले आलोचना बन्द गर्न सरकारले सबैलाई पदक वितरण गरेको दाबी गरे । 

‘निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरेको छ, कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि वितरण गरेको छ, कसले बहस गर्ने ? विरोधमा बोल्ने अखबार, टेलिभिजन इत्यादिलाई पनि वितरण गरेको छ, ती सबै चुपचाप । कतैतिरबाट आवाज नआओस्, उज्यालो नछिरोस् भनेर सबैतिर ढोका थुनेको छ,’ ओलीले भने, ‘हामीलाई कुनै टाउको दुखेको होइन, तर यति धेरै पदकहरू त कहिल्यै वितरण भएको थिएन । रत्नपार्कमा बसेर वितरण गरेजस्तो छ क्या, ह्वार–ह्वारी ।’

आफू प्रधानमन्त्री हुँदा आलोचनामा उत्रिने बुद्धिजीवी नागरिक समाज अहिले रमाइलो मानेर चुपचाप बसेको भन्दै ओलीले भने, ‘म प्रधानमन्त्री भएको वेला यसो गएको भए ओ हो के हुन्थ्यो ? बुद्धिजीवीहरू के भन्थे ? नागरिक समाज के भन्थ्यो ? आज रमाइलो छ, सब चुप छन्, शान्त छन् ।’ सरकारले सबैतिर निराशाभाव पैदा गर्न खोजेको ओलीको भनाइ थियो ।