१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाजा बजाएर महानगरले उठायो ४ करोड ७३ लाख राजस्व 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:२३:oo

ठूला करदाताले करोडौं रुपैयाँ कर नतिरेपछि काठमाडौं महानगरपालिकाले एक महिनाअघि कर उठाउने नयाँ शैली अपनायो । साउन १६ गतेदेखि २५ गतेसम्म कर नतिर्ने करदाताकहाँ बञ्चेबाजासहित महानगरको टोली पुग्यो । घरजग्गा र सम्पत्ति कर तिर्न अटेर गरेपछि उनीहरूकै घर आँगनमा पुगेर बन्चेबाजासहित व्यंग्य नाच सुरु गरिएको थियो। सांगीतिक र सांस्कृतिक शैली अपनाएर कर उठाउन पुगेपछि केही करदाताले लाजैले भए पनि कर तिरेका छन् । 

यद्यपि, करोडौँ रुपैयाँ राजस्व उठ्न अझै बाँकी छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख शिव अधिकारीले पञ्चेबाजा बजाएर कर उठाउन हिँडेपछि करिब ५ करोड कर संकलन भएको हो । 

उनका अनुसार केही ठूला करदाताले वर्षौंदेखि होल्ड गरेको कर यसपटक तिरेका छन् । अन्य साना करदाताहरू पनि करको दायरामा आएका छन् । व्यंग्य गर्दै कर उठाउन जाँदा करदाताहरूले लाजै मानेर भए पनि कर तिरेको उनको भनाइ छ । ‘कर नतिरेकाहरू कहाँ नयाँ शैलीमा पुग्दा केही व्यवसायी र घरधनी होसियार बनेका छन्,’ उनले भने, ‘पछिल्लो समय कर उठ्ने क्रम बढेको छ।’

महानगरपालिका अनुसार १८ व्यवसाय कम्पनी तथा घरधनीले घर जग्गा र सम्पत्ति बुझाएका छन्। जसमा सबैभन्दा बढी युनाइटेड वर्ल्ड ट्रेड सेन्टरले १ करोड १० लाख कर बुझाएको छ। महानगरकै ११ वडामा सञ्चालित एन आर टी क्लबले एक करोड कर तिरेको छ। जिग्मी सिग्मीले २७ लाख ७१ हजार, काठमाडौं इन्जिनियरिङ कलेजले २५ लाख, नेसनल हस्पिटलले २४ लाख, सहिद मेमोरियल हस्पिटलले १९ लाख २० हजार कर महानगरलाई बुझाएका छन् । यस्तै, एलआरआई बोडिङ स्कुलले ३५ लाख, जनमैत्री अस्पतालले ६० लाखलगायतबाट ४ करोड ७३ लाख ५६ हजार रुपैयाँ कर संकलन भएको छ । 

यो तथ्यांक साउन १६ देखि २५ गतेसम्म महानगरले घरघर तथा कार्यालयमै पुगेर बन्चेबाजासहित नाचगाच गरेपछि संकलन भएको हो । यसबाहेक कैयौँ ठूला व्यवसायी र संघ संस्थाहरूले कर तिरेका छैनन्। महानगरपालिकाका ५० भन्दा बढी कम्पनीहरू करको दायरामा समेत आएका छैनन् । यसबाहेक घरबहाल कर नतिर्नेको संख्या पनि बढी देखिन्छ । 
 

ad
ad