मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ५ मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ५ मंगलबार १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हस्तकलाका सामग्रीमा लागुऔषध लुकाएर बेच्ने नौजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ५ मंगलबार १६:५७:oo

हस्तकलाका सामग्रीभित्र लागुऔषध चरेस राखेर ओसारपसार गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेस राखेर ओसारपसार गर्दै आएका नौजनालाई सार्वजनिक गरेको छ।

म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माइला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र वीरबहादुर तामाङलाई ब्युरोले सार्वजनिक गरेको हो। उनीहरूको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरी राखेको सात केजी ६ सय १४ ग्राम चरेस बरामद गरिएको ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए।

हाते कागजका डायरीहरूमा चरेस बरामद गरेर कतारलगायतका मुलुकमा सो गिरोहले पठाउने गरेको पाइएको ब्युरोले जनाएको छ।

यसअघि उनीहरूले यसरी नै अचारको भाँडोमा समेत चरेस राखेर भारत हुँदै हङकङ, थाइल्यान्ड, टर्कीलगायतका देशहरूमा लागुऔषधहरू ओसारपसार गर्दै आएको पाइएको एसएसपी थापाले बताए। पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।