मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३ आइतबार २१:२६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइसिसी विश्वकप लिग २  :  नेपालले ओमानलाई सात विकेटले हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३ आइतबार २१:२६:००

आइसिसी विश्वकप लिग २ मा नेपालले ओमानलाई सात विकेटले हराएको छ । ओमानले दिएको एक सय २२ रनको लक्ष्य नेपालले  १८ ओभर २ बलमा लक्ष्य भेटेको हो । 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । उनले ४६ बलमा २ छक्का र ४ चौकासहित ५२ रन बनाए ।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका लागि सन्दीप लामिछाने  र करण केसीले समान चार–चार विकेट लिएका थिए । यसअघि नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।