मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Monday, 14 July, 2025
एजेन्सी मुम्बई
२o७८ असोज ३ आइतबार ११:४४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सोनु सुदमाथि २० करोडभन्दा बढी आयकर छली गरेको आरोप

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o७८ असोज ३ आइतबार ११:४४:oo

बलिउड अभिनेता सोनु सुदले २० करोडभन्दा बढी आयकर छली गरेको आरोप लागेको छ। भारतको आयकर विभागले शनिबार विज्ञप्ति जारी गर्दै सुदले आयकर छली गरेको बताएको हो।

विभागका अनुसार सुदको गैरनाफामूलक संस्थाले क्राउड फन्डिङमार्फत विदेशबाट दुई करोड १० लाख संकलन गरेको र यस्तो कार्य विदेशी योगदान अधिनियमको उल्लंघन भएको बताइएको छ।

‘२०२० जुलाई २१ मा अभिनेताद्वारा स्थापित च्यारिटी फाउन्डेसनले अहिलेसम्म १८ करोड ९४ लाख रुपयाँ दान संकलन गरेको छ। जसमा लगभग एक करोड ९० लाख रुपैयाँ विभिन्न राहत कार्यमा खर्च गरिए पनि १७ करोड रुपैयाँ खातामै रहेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सोनु सुद र उनका सहयोगीहरूको घरमा छापा मारी गर्ने क्रममा कर छली गरेको प्रमाण भेटिएको विभागले जनाएको छ। ४८ वर्षीय सुद केही समयअघि मात्र अरबिन्द केजरीवालको आमआदमी पार्टीको ब्रान्ड एम्बेस्डर बनेका थिए।