१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रसंघीय महासभा : अल्पविकसित देशलाई अधिक सहायता अपरिहार्य रहेकोमा नेपालको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:११:oo

नेपालले अल्पविकसित राष्ट्रहरूको दिगो विकासको आकांक्षा पूरा गर्न अन्तर्राष्ट्रिय समुदायबाट अधिकभन्दा अधिक सहायता प्रवाह अपरिहार्य भएकोमा जोड दिएको छ।

गत मङ्गलबारदेखि न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७६औँ महासभाका क्रममा शनिबार भएको अल्पविकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा नेपालले अन्तर्राष्ट्रिय समुदायबाट विदेशी विकास सहयोग, प्रत्यक्ष वैदेशिक लगानी, व्यापारका लागि सहायता, ऋण मोचन, जलवायु वित्त र प्रविधि हस्तान्तरणको मात्रा बढ्नुपर्नेमा जोड दिएको हो।  

बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्र सचिव भरतराज पौड्यालले नेपालसहित विश्वसमुदाय र अर्थतन्त्रमा कारोना महामारीले पारेको प्रभावको चर्चा गरे। उनले भने, “न्यायोचित, खरिद गर्न सकिने वैश्विक पहुँचमा खोप हुनुपर्छ।” 

सचिव पौड्यालले महामारीलाई परास्त गर्दै गरिबी उन्मूलन, आफ्ना नागरिकको हित सुनिश्चित गर्न अतिकम विकसित राष्ट्रहरूले सामाजिक सुरक्षा पद्धतिको दायरा बढाउनुपर्ने तथा अत्याधुनिक औद्योगिक एवं प्राविधिक क्षमतायुक्त पर्याप्त भौतिक पूर्वाधारसहितको उत्थानशील अर्थतन्त्रको विकास गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताए। रासस