१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:१८:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा ‘क्लब हाउस इन्फ्लुएन्स’

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१८:oo

-धितोपत्र बोर्डले वेला–वेला सचेत गराउने गरे पनि त्यसलाई कसैले पनि आजसम्म टेरेको देखिँदैन
- क्लब हाउसमा ११ देखि ३ बजेसम्म सेयर कारोबार हुने वेला बजारको अवस्था बुुझ्न र  टीका–टिप्पणी सुुनेर सेयर किन्नेहरूको सक्रिय संख्या अझ बढी देखिन्छ

नेपाल धितोपत्र बोर्डले गत जेठ २ गते विज्ञप्ति जारी गरेको थियो, जसमा सेयर खरिद–बिक्री गर्न उत्साहित गराउने सूूचना सम्प्रेषण नगर्न–नगराउन सचेत गराएको छ । बोर्डले यस्ता सूचनाहरू वेला–वेला जारी गर्नुु कुनै नौलो कुरा भने होइन । जारी उक्त नोटमा भनिएको छ, ‘नेपाल धितोपत्र, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्न आफँैले वा अरूसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन वर्जित गरेको र सो गरेमा धितोपत्र कारोबारसम्बन्धी कसुर गरेको मानिने व्यवस्था छ ।’

थप नोटमा भनिएको छ, ‘धितोपत्र बजारको स्वच्छ, पारदर्शी, प्रभावकारी सञ्चालनबाट लगानीकर्ताको हित संरक्षण हुने हुनाले धितोपत्र बजारलाई प्रभावित पार्ने कार्य हुन नदिन बोर्ड सधैँ सचेत रहेको र त्यस्ता घटनालाई नजिकबाट नियालिरहेकाले हाललाई त्यस्ता कार्यहरू नगर्न–नगराउन सूूचना प्रकाशित गरिएको छ । यस सूूचनाको अवज्ञा गरी अबउप्रान्त बोर्डको अनुमतिविना यस्ता कार्यलाई निरन्तरता दिएको पाइएमा धितोपत्र बोर्डसम्बन्धी ऐन, २०६३ बमोजिम कारबाही गरिनेछ ।’

अन्य देशहरूमा नियामक निकायहरूबाट अनुुमतिपत्र प्राप्त गरेका व्यक्ति वा संघ–संस्थाले त्यो पनि विस्तृत अध्ययनका आधारमा मात्र दोस्रो बजारको सूचकांक, सूचीकृत संस्थाको सेयर मूूल्यलगायत विषयमा सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था छ । तर, हाम्रो मुलुकमा भने एकैपटकमा धेरै मानिसहरूलाई प्रभावित पार्ने उद्देश्यले क्लब हाउसमा छलफल गराउने, फेसबुकमा समूह नै बनाएर ठूला भनिएका र नीतिगत पहुँचमा समेत  रहेका लगानीकर्ताले एकैपटकमा दुई–चार सयभन्दा धेरै मानिसलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिने गरिरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगका क्रममा दिइने अभिव्यक्ति नितान्त व्यक्तिगत नै हुन्छन् । यसकै आधारमा कोही, कसैले लगानी गर्छ भने त्यो पनि व्यक्तिगत विषय नै हुन्छ । तर, समूह नै जम्मा गरेर दिइने यस्ता धारणाहरू व्यक्तिगतभित्र नपर्ने यससम्बद्ध व्यक्तिहरू बताउँछन् । अझ रोचक कुरा, यस्ता अभिव्यक्ति दिनेहरूमा त्यस्ता लगानीकर्ता पनि हुन्छन्, जो तारन्तार सञ्चारमाध्यममा छाइरहेका हुन्छन्, उनीहरूका लेख, रचना प्रकाशित भएका हुन्छन्, समाचारमा उद्धृत भइरहेका हुन्छन् भने नीतिगत तहमा समेत हुने छलफलमा सहभागी हुने गर्छन् । 

‘केही लगानीकर्ताले बजारलाई आफूूअनुकूल बनाउने खोज्ने जुुन परिपाटी बसेको छ, यो गलत हो,’ सेयर बजार दबाब समूहका महासचिव नयन बाँस्तोला बताउँछन्, ‘बजारमा चलखेल गर्न क्लब हाउस नै प्रभावकारी हुने कारण भनेको त्यसमा एकैपटकमा पाँच हजार मान्छेलाई आफूअनुकूल मोड्न सजिलो हुन्छ र विज्ञ भनेर चिनिएका व्यक्तिहरूसमेत यस्ता बहस चलाउन अग्रसर हुन्छन् ।’ 

सामाजिक सञ्जालमा हुने टीका–टिप्पणी कुन हदसम्म व्यक्तिगत हुने, सञ्जालमा समूह नै लाग्दा त्यसको परिभाषा व्यक्तिगतबाट समूहगत हुने–नहुने भन्नेजस्ता पारिभाषिक द्विविधाका कारणसमेत नेपाल धितोपत्र बोर्डले सचेत मात्रै गराइरहने र आवश्यक कारबाही गर्नेजस्ता निर्णय आजसम्म गर्न सकेको देखिँदैन । 

पुँजी बजारको नियामक निकाय भनेको नेपाल धितोपत्र बोर्ड हो । उक्त बोर्डको काम भनेको कुनै पनि अनधिकृत रूपमा सेयर बजारलाई प्रभावित पार्ने बजारका अन्य विभिन्न गतिविधिलाई नीति–कानुन–ऐनले बाँध्ने र आवश्यक परे कारबाही गर्ने संस्था हो । बोर्ड भनेको सरकारको नीतिभित्र रहेर सञ्चालन हुने एक अभिन्न अंग हो । जसमा पछिल्लो समय ४० लाखभन्दा बढी लगानीकर्ताको हिस्सासँग सरोकार राख्छ भने यसको संख्यामा दैनिक वृद्धि छ । 

त्यसैले पुँजी बजारलाई स्वच्छ, निष्पक्ष रूपमा कानुुनसम्बद्ध सञ्चालन गर्नु धितोपत्र बोर्डको प्रमुख कार्ययोजनाभित्र पर्छ । पछिल्लो समय नेपाली सेयर बजारको क्षेत्रमा विभिन्न सामाजिक सञ्जालहरूमा हुने टीका–टिप्पणी,  फेसबुक, भाइबर गु्रप, क्लब हाउस र मिडियाहरूमा पनि सेयर बजारका बारेमा विभिन्न हल्ला, भ्रम सिर्जना गर्ने बजारलाई प्रभावित पारेको भन्दै विभिन्न बहस, आलोचनाका साथै प्रश्न पनि उठ्ने गरेका छन् ।

नियामक निकाय धितोपत्र बोर्डले वेला–वेला सचेत गराउने गरे पनि त्यसलाई कसैले पनि आजसम्म टेरेको देखिँदैन । अझ पछिल्लो समय निकै चर्चित एप्स– क्लब हाउस र फेसबुुक गु्रुपहरूमा सेयर बजारका गतिविधिमा  सयौँ–हजारौँको संख्यामा रहेका इच्छुक लगानीकर्ता, ठूला लगानीकर्ता, जसले स्वार्थबोध ढंगले बजारका बारेमा अनेक टीकाटिप्पणी गरेका छन् । अहिले सामाजिक सञ्जालहरूमा बजार घट्दा पनि, बढ्दा पनि क्लब हाउसको उक्साहटले भएको भन्ने टिप्पणी लगानीकर्ताले नै गरिरहेका छन् ।  

क्लब हाउसमा एकले अर्कोलाई विरोधको माध्यम नै बनाएर झुुन्ड नै चलाइरहेका छन् । यस्ता हाउसहरूमा ‘सेयर बजार ज्ञान’, ‘अबको बजार कता ?’ लगायतका शीषर्कमा बहस चलाइरहेका हुन्छन् । त्यसमा केही लगानीकर्ताले आफ्नो स्वार्थ बाझिने गरी बजारबारे विश्लेषण गरेको प्रशस्त सुुनिन्छ । क्लब हाउसहरूमा ११ देखि ३ बजेसम्म सेयर कारोबार हुने वेला बजारको अवस्था बुुझ्न र त्यहाँ भएका टीका–टिप्पणी सुुनेर सेयर किन्नेहरूको सक्रिय संख्या अझ बढी देखिन्छ ।

  कारोबार सकिएपछि बजार विश्लेषकहरूका अरू झुन्डहरूले बहस चलाउन थाल्छन्, भोलि यो कम्पनीले लाभांश घोषणा गर्दैै छदेखि फलानो कम्पनीको चुक्ता पुँजी यतिसम्म छ भनी स्वार्थ बाझिने गरी साना लगानीकर्तालाई रनभुल्लमा पार्ने गरेको देखिन्छ । उनीहरूले यसलाई नियमनको दायरामा ल्याउनुपर्ने आवाज उठाइरहेका छन् ।

 पछिल्लो समय बजार घटेसँगै क्लब हाउसहरूमा हुने टीका–टिप्पणीहरूका कारण सेयर बजारमा फसेको धेरै लगानीकर्ताले बताउने गरेका छन् । सेयर खेलाडीहरूले आफूले खरिद गरेको सेयर बढ्ने भएकाले किन्न भनिएको कारण आफ्नो बजारमा गरिएको लगानी डुुबेको एक सेयर लगानीकर्ताले नयाँ पत्रिकासँग बताए । नाम नबताउने सर्तमा उनले भने, ‘अब त मलाई यो सेयर बजारको बारेमा टिप्पणी नै गर्नु छैन, ठूला हाबी हुने र साना डुुब्ने खेल सेयर बजार सम्बन्धमा क्लब हाउसमा चलाइने छलफलको उद्देश्य हुने रहेछ ।’

क्लब हाउसका सकारात्मक पक्षहरू पनि छन् । नयाँ लगानीकर्ताका लागि सिक्ने अवसर पनि नभएको होइन, तर अधिकांश समय ठूला लगानीकर्ता नै बजारको बारेमा टीका–टिप्पणी गर्ने गर्छन् । नयाँ लगानीकर्ता लहैलहैमा लाग्न नहुने पनि विश्लेषकहरू बताउँछन् । पछिल्लो समय क्लब हाउसजस्ता सामाजिक सञ्जालका कारण पुुँजी बजार स्वतन्त्र रूपमा चल्न नसकेकाले धितोपत्र बोर्डले यसबारे तत्काल चासो देखाउन आवश्यक रहेको बताउँछिन्, सेयर लगानीकर्ता संरक्षणा चौधरी ।

 ‘पुुँजी बजार जति स्वतन्त्र भएर चल्छ, लगानीकर्ताले त्यति नै स्वविवेकले निर्णय लिन सक्छन् । त्यो भन्दैमा बहस हुनुुहुँदैन भन्ने होइन, तर बजार कसैको स्वार्थमा चल्नुुहुँदैन,’ चौधरीले भनिन्, ‘अहिले पछिल्लो समय क्लब हाउसहरूमा बजारमा ठूला भनेर चिनिएका लगानीकर्ताको झुन्डले नयाँ साना लगानीकर्तालाई सेयर शिक्षाका नाममा अनावश्यक रूपमा प्रभावित गर्ने र आफूहरूले लाभ उठाउने गरिरहेका छन् ।’  

एउटा अनुुभवी लगानीकर्ताले हाउसमा आएर फलानो कम्पनी मैले किनेँ, तपाईंहरूले पनि लिनुुस् भन्यो भने साना तथा नयाँ लगानीकर्ताले लहैलहैका भरमा लागेर किन्ने गर्छन् । सबैले अध्ययन गरेर सेयर किन्छन् भन्ने नभएकाले लगानीकर्ताले सेयर किन्दा आफू पनि सचेत हुनुपर्ने चौधरीको भनाइ छ । पछिल्लो समय क्लब हाउसहरूमा हुने बहस, सोसल मिडियाहरूमा हुने चर्चाले नेपालको मात्र होइन, अहिले अन्तर्राष्ट्रियस्तरमै बजार नियामक निकायहरूलाई कसरी नियन्त्रण गर्ने भन्ने बहसहरू भइरहेका छन् ।

क्लब हाउसहरूमा हुने यस्तो बहसले नेपालको मात्र होइन, विभिन्न मुलुुकको पुुँजी बजार नियामक निकायकै टाउको दुखाइकोे विषय बनेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरी बताउँछन् ।‘अहिले यो हाम्रोमा समस्या होइन, अन्य देशको पनि समस्या बनेको छ । फेरि क्लब हाउसलगायत सामाजिक सञ्जालहरूमा भनेकै आधारमा सेयर किनेका छन् भनेर प्रमााणित गर्ने आधार छुुट्याउन पनि गाह्रो छ । प्रश्न उठेको छ, तर हामीले बनाएको जुन कानुुन छ, त्यसले यसलाई आकर्षण गर्दैन । हामी सचेत हुनुपर्छ, बुुझेर सेयर खरिद–बिक्री गर्नुपर्छ भन्न सक्छौँ,’ गिरीले भने ।

संस्थाहरूलाई लगानीबारे सल्लाह–सुझाब दिने भन्ने त अहिलेको नियममा पनि रहेको उनको भनाइ छ । गिरी भन्छन्, ‘व्यक्तिहरूलाई चाहिँ ऐनमा पनि स्पष्ट रूपमा उल्लेख छैन । बोल्ने हो भने पनि बोल, तर बोर्डबाट लाइसेन्स पाएकाहरूले मात्र बोल्न पाइन्छ भन्ने छ । त्यसले पनि केही कानुनले आकर्षण त गर्ला युुट्युब फेसबुकहरूमा, तर क्लब हाउस भनेको त भर्खरै आएकाले यसलाई नियन्त्रण गर्ने कानुुनी आधार छैन,’ उनले भने ।

 

ad
ad