मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १ शुक्रबार
  • Wednesday, 09 July, 2025
२o७८ असोज १ शुक्रबार o७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न मानवअधिकार आयोगद्वारा पत्राचार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १ शुक्रबार o७:o५:oo

राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश १ शाखा कार्यालय खोटाङले जिल्लामा विकराल रूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।

आयोगको कार्यालयले जिल्ला समन्वय समिति खोटाङमार्फत स्थानीय तहहरू, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य संघसंस्थाहरू, शिक्षा विकास तथा समन्वय इकाइमार्फत शिक्षण संघसंस्थाहरू, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खोटाङ जिल्ला अदालत बार एसाेसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघलाई बिहीबार लिखित रूपमा पत्राचार गरेको हो ।

 विश्व आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० को अवसरमा यही भदौ २५ गते दिक्तेलमा आयोजित ‘आत्महत्या रोकथाममा सरोकारवालाहरूको भूमिका’ विषयक छलफल कार्यक्रममा आत्महत्या गर्नेको संख्या अधिक देखिएपछि रोकथाम तथा न्यूनीकरणका लागि पत्राचार गरिएको आयोगको शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले जानकारी दिए ।

‘आर्थिक वर्ष ०७५/७६ देखि ०७७/७८ सम्म तीन वर्षमा जिल्लामा पुरुष एक सय तीन, महिला ५१, बालक १४ र बालिका सातजनाले आत्महत्या गरेका छन्,’ उनले भने, ‘बर्सेनि विकराल रूपमा वृद्धि हुँदै गएको आत्महत्यादर तत्काल कार्ययोजना बनाएर रोकथाम तथा न्यूनीकरणको भूमिका निर्वाह गर्न आयागको तर्फबाट सम्बन्धित निकायलाई लिखित रूपमा पत्राचार गरिएको हो ।’