Skip This
६ लाख ३४ हजार अफगानी देशभित्रै विस्थापित
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ ३१ बिहीबार
  • Monday, 10 August, 2026
एजेन्सी
काबुल
२o७८ भदौ ३१ बिहीबार १६:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

६ लाख ३४ हजार अफगानी देशभित्रै विस्थापित

Read Time : < 1 मिनेट
एजेन्सी
काबुल
नयाँ पत्रिका
२o७८ भदौ ३१ बिहीबार १६:४४:oo

अफगानिस्तानमा ६ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन्। अफगानी अधिकारीहरूका अनुसार यो संख्या देशभित्र विस्थापित भएका अफगानीहरूको मात्र हो। यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार ६ लाख ३४ हजार आठ सयभन्दा बढी विस्थापित भएको देखिएको छ।

विस्थापित भएकामध्ये दुई लाख ८२ हजार दुई सय ४६ जनालाई विभिन्न सहयोग प्रदान गरिएको अधिकारीहरूले जनाएका छन्। विस्थापित भएकामध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ। तर, अधिकांश अफगानी देशमा भइरहेको आन्तरिक द्वन्द्वका कारण  विस्थापित भएका बताइएको छ।

तालिवान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाहिर विस्थापित हुनेहरूको संख्यामा पनि निकै वृद्धि भएको छ।  देशबाहिर विस्थापित भएकामध्ये विदेशी नागरिकहरूको संख्या धेरै रहेको सरकारी अधिकारीहरूको भनाइ छ।