१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३१ बिहीबार
  • Wednesday, 02 July, 2025
नेत्र पन्थी काठमाडौं
२o७८ भदौ ३१ बिहीबार o८:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

 विद्यालय खोल्न तयार रहनुहोस् : स्वास्थ्य मन्त्रालय

Read Time : < 1 मिनेट
नेत्र पन्थी, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ३१ बिहीबार o८:२२:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय सञ्चालकहरूलाई विद्यालय खोल्न तयारी भएर बस्न भनेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नेतृत्वमा बुधबार बसेको बैठकले कोभिड– १९ सम्बन्धी विद्यालय सञ्चालन कार्यढाँचा २०७७ पूर्ण पालना हुनेगरी विद्यालय खोल्न अनुरोध गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले सबै ठाउँमा जोखिम नभएको भन्दै अवस्थाको मूल्यांकन गरी विद्यालय खोल्ने विषयमा छलफल भएको जानकारी दिए । उनले विद्यार्थीको परीक्षण, कन्ट्याक्ट ट्रेसिङ पूर्ण व्यवस्था हुने गरी विद्यालय खोल्न सकिने निर्णय भएको बताए । ‘शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले जारी गरेको कोभिडसम्बन्धी विद्यालय सञ्चालन कार्यढाँचाको पूर्ण पालना हुने गरी विद्यालय खोल्न अनुरोध गरेका छौँ,’ पौडेलले भने ।