१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २९ मंगलबार १६:५३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर थप १,५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार १६:५३:oo

देशभर थप एक हजार पाँच सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार एक सय ८० र एन्टिजेन परीक्षणमा तीन सय ८२ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा १० हजार दुई सय ६६ जनाको पिसिआर परीक्षण र चार हजार एक सय ७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर २६ हजार दुई सय दुईजना सक्रिय संक्रमित रहेका छन् । 

मंगलबार एक हजार पाँच सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार नौ सय ८४ पुगेको छ ।