१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ भदौ २७ आइतबार ०८:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर्णालीका तीन जिल्लामा पुगेन राष्ट्रिय प्रसारण लाइन

Read Time : > 1 मिनेट
२०७८ भदौ २७ आइतबार ०८:०१:००

कर्णाली प्रदेशका तीन जिल्लामा अहिलेसम्म विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । पछिल्लो समय कर्णालीका कालिकोट र जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि मुगु, डोल्पा र हुम्लामा लाइन जोडिएको छैन । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णाली प्रदेशका अनुसार सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालिकोट र जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।

हुम्ला, मुगुु र डोल्पामा ३३–११ केभिए सबस्टेसन र ३३ केभिए लाइन निर्माणाधीन छ । सबै जिल्लाका राष्ट्रिय प्रसारण लाइन नपुगेको ठाउँमा ११ केभिए लाइन, एलटी लाइन र ट्रान्सफर्मर बन्दै छन् ।  प्रसारण लाइन पुगिसकेका अरू जिल्लाका ग्रामीण भेगमा पनि ११ र ३३ केभिएका प्रसारण लाइन निर्माण भइरहेको कार्यालयले जनाएको छ । कर्णालीका सात जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि विद्युत् उपभोग गर्नेको संख्या बढेको छ । राष्ट्रिय प्रसारण लाइनका साथसाथै साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् उपयोग गर्ने घरधुरीको संख्या प्रदेशमा हालसम्म ४३ प्रतिशत रहेको प्राधिकरणले बताएको छ । 

प्रदेश कार्यालय प्रमुख सुरेन्द्र अग्रहरीले ४३ दशमलव ८७ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेको बताए । कार्यालयका अनुसार रुकुम पश्चिममा ७५ दशमलव २ प्रतिशत, सल्यानमा ५२ दशमलव ८८ प्रतिशत र सुर्खेतमा ४८ दशमलव १६ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् ।

दैलेखमा ४८ दशमलव ७३ प्रतिशत, जाजरकोटमा १६ दशमलव १५, डोल्पामा २१ दशमलव ९ प्रतिशत र जुम्लामा १९ दशमलव ३ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् ।कालिकोटमा ४३ दशमलव ५७ प्रतिशत, मुगुमा १९ दशमलव ६४ प्रतिशत र हुम्लामा २९ दशमलव ६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् । कर्णालीमा अझै पनि ५७ प्रतिशत नागरिक विद्युत्को पहुँचबाहिरै छन् । सहरी इलाकामा विद्युत् पहुँच बढी भए पनि ग्रामीण भेगका नागरिक अझै अन्धकारमै बस्न बाध्य छन् ।

ग्रामीण भेगमा वैकल्पिक ऊर्जा, टुकी, दियालो बाल्ने गरिन्छ । कर्णाली वैकल्पिक ऊर्जाको योगदान ३९ प्रतिशत छ । ऊर्जा उत्पादनको पर्याप्त सम्भावना भए पनि लगानी नहुँदा कर्णालीका नागरिक विद्युत् पहुँचभन्दा बाहिर रहनुपरेको हो । प्रदेशमा १८ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सरकारी तथ्यांक भए पनि दर्जनौँ आयोजना होल्डमा छन् । कतिपयले विद्युत् उत्पादनको इजाजतपत्र लिएर निर्माण गरेका छैनन् । 

केही जिल्लामा सरकारी लगानीमा लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । कार्यालयको तथ्यांकअनुसार हुुम्लामा पाँच सय किलोवाट, मुगुमा पाँच किलोवाट, कालिकोटमा चार सय किलोवाट, जुम्ला एवं डोल्पामा २÷२ सय किलोवाट र रुकुम पश्चिममा १२० किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।